Logo

संरक्षणको पर्खाइमा सरस्वतीकुण्ड

ललितपुर खबर
लेले ललितपुर
२४ माघ २०७५

 

श्रीपञ्चमीको दिन लेलेस्थि त सरस्वती कुण्डमा विद्याकी देवि सरस्वतीको पुजा गने विद्यार्थीको भिड हुन्छ । पुरातात्विक ऐतिहासिक यो मन्दिर परिसर भने  अहिले भने संरक्षण कुरीरहेको भान हुन्छ ।

राजधानीभित्रको दक्षिणी कुनामा रहेको लेले शहर एउटा ऐतिहाँसिक पुरातात्विक महत्व बोकेको शहरको हो । यो शहर आजकल विस्तारै आधुनिकताको लेप लगाएर अघि बढ्ने तरखरमा छ । भुकम्पपछि यहाका पुराना संरचना ध्वस्त भए । अहिले कंक्रिट जंगल बन्ने दिशामा अघि बढिरहेको छ ।
यहाँ लिच्छिवीकालीन चौसठ्ठी ज्योर्तिलिङ्गको छाता मन्दिर परिसरमा नै छ । यहाँ विभिन्न संरचना निर्माण गर्ने क्रममा जग खन्दा पुराना मूर्तिहरु भेटिएका थिए । लिच्छिवीकालीन एउटा घैटो भेटिएको थियो । तर यो घैटो यहीबाट हरायो । यहाँ सरस्वती नदिबाट पानी ल्याउनका लागि प्रयोग भएका पुराना डुणहरु भेटिएका थिए । जुन मन्दिरपरिसरमा त्यत्तिकै राखिएको देख्न सकिन्छ । यहाँ राजा मानदेवको दरवारको भग्नावशेष छ । ततर पुरातत्व विभागले कुनै उत्खनन गरेर ऐतिहासिक दस्तावेज मूर्ति वा अन्य बस्तुस्थिती पत्ता लगाएको छैन । यस ठाँउको उत्खनन गर्ने हो भने धेरै ऐतिहासिक प्रमाणहरु पत्ता लाग्ने विस्वास गरिन्छ ।

शिव पुराणहरुमा यहाँको मन्दिरबारे उल्लेख भने गरिएको पाइदैन । पुराना शिलालेख र जनश्रृतिलाई आधार मान्ने हो भने यस मन्दिर धेरै पुरानो हो भन्ने बुझिन्छ । पुरातत्वले यहाँको शिवलिङ्ग धेरै पुरानो भएको उल्लेख गरेको छ । लेलेमै भेटिएको शिलापत्रलाई आधार मानेर भन्ने हो भने यहाँका सम्पदा लिच्छिवीकालीन हुन् भन्ने पत्ता लगाउन सकिन्छ । यहा रहेका शिलापत्र लिच्छिवी भाषामा लेखिएको हुँदा सबैले पढ्न र बुझ्न नसक्ने किसिमको छ ।


काठमाडौं उपत्यकामा बस्ती नबस्दै यहा ठूलो शहर थियो भन्ने जनश्रृति छ ।
लिच्छिवीकालीन धेरै प्रस्तर(ढुंगाको मूर्ति)हरु भेटिएकाले यहाँ लिच्छिवीकालका राजदरवार थियो भन्ने जनविस्वास छ । पुरातत्व विभागको भनाई अनुसार यस मन्दिरपरिसरमा रहेका धेरै मूर्तिहरु तह्रौं सताव्दीताकाका मूर्ति हुन् ।
पहिलृको नेपालको गुरुकूल यही थियो भन्ने जनश्रृति छ । यहाँ वि.सं.ं.५ सय ३६ सालमा बनेको पशुपति नाथको मन्दिर बनेको भन्ने शिलापत्रमा उल्लेख छ । स्कन्द पुराणको हिम्मत खण्डमा ९९ सयऔं खण्डमा उल्लयेख छ । यस मन्दिरपरिसरमा २०११ साल र २०३८ सालको बाढीले मन्दिर पुरेको थियो । त्यसैले शहिले मन्दिर भन्दा सरस्वती नदि ३ फिट उचाईमा छ ।
त्यसबाढीपछि यहाँका धेरै सम्पदा नास भएको थियो । यहाका पुरातात्विक ऐतिहासिक महत्वका मन्दिर र मूर्तिहरु बगाएको थियो । धेरै मूर्तिहरु मानिसले लगेका छन् भन्ने यदाकदा सुनिन्छ । अहिले पनि तलतिर खेलमा गएर खन्ने हो भने मुर्तिहरु भेटिन्छन् ।
पुरातत्व विभागको भनाईलाई मान्ने हो यहा यहाको बस्तीभरि नै शिव लिङ्ग नै शिव लिङ्ग भेन्छिन् । तर यहाँ कहि कतै पुरातत्व विभागले उत्खनन गरेको छैन । यहाँ अहिले पुरातत्व विभागले हरिहर इन्द्रेश्वर महादेवको मन्दिर बनाइरहेको छ । यो मन्दिर २०३८ सालको बाढीले बगाएको थियो ।
यहाँका धेरै दस्तावेजहरु पुरातत्व विभागसँग रहेका छन् । रु पुरातत्व विभागकै सल्लाहमा नयाँ संरचना बनिरहेका छन् । गुठी संस्थानको लगानीमा यहाँ पुजारी घर निर्माण हुँदैछ ।ं


राजधानीभित्रको दक्षिणी कुनामा रहेको लेले शहर एउटा ऐतिहाँसिक पुरातात्विक महत्व बोकेको शहरको हो । यो शहर आजकल विस्तारै आधुनिकताको लेप लगाएर अघि बढ्ने तरखरमा छ । भुकम्पपछि यहाँका पुराना संरचना ध्वस्त भए । अहिले यहाँ कंक्रिट जंगल बन्ने दिशामा अघि बढिरहेको छ ।
यहाँको ऐतिहासिक महत्वको चर्चा कही कतै भएको पाइन्न । न त यसबारे स्थानीय सरकार नै जानकार रहेको छनक पाइन्छ । मध्यशहरको यो धरोहर अलपत्र परे झैं देखिन्छ । यत्रतत्र फ्याकिएका प्रस्तरकला देख्दा कलाकै अपमान भएको अनुभव हुन्छ भने वन बुट्यानमा भेटिने मूर्तिले भगवानको हेला भए भैंm । यहाँका पुराना ऐतिहासिक संरचना जोगाउन न त स्थानीय युवा जागरुक छन् । न सारेकारवाला निकायको चासो नै छ ।
लिच्छिवीकालीन चौसठ्ठी ज्योर्तिलिङ्गको छाता मन्दिर परिसरको झारपातको थुप्रोमा फ्याकिएको अवस्थामा भेटिन्छ । यहाँ विभिन्न संरचना निर्माण गर्ने क्रममा जग खन्दा पुराना मूर्तिहरु भेटिएका थिए । लिच्छिवीकालीन एउटा घैंटो पनि भेटिएको थियो । तर त्यो घैटो यहीबाट हरायो । यहाँ सरस्वती नदिबाट पानी ल्याउनका लागि प्रयोग भएका पुराना डुणहरु प्नि भेटिएका थिए । जुन मन्दिरपरिसरमा एक दईवटा टुक्राहरु त्यत्तिकै फ्किएको अवस्थामा देख्न सकिन्छ । यही नजिकै राजा मानदेवको दरवारको भग्नावशेष छ । तर यहाँ न त पुरातत्व विभागले कुनै उत्खनन गरेर ऐतिहासिक दस्तावेज मूर्ति वा अन्य बस्तुस्थिती पत्ता लगाएको छ । यस ठाँउको उत्खनन गर्ने हो भने धेरै ऐतिहासिक प्रमाणहरु पत्ता लाग्ने विस्वास गरिन्छ ।
पुराना शिलालेख र जनश्रृतिलाई आधार मान्ने हो भने यस मन्दिर धेरै पुरानो हो भन्ने बुझिन्छ । तर शिव पुराणहरुमा यहाँको मन्दिरबारे उल्लेख भने गरिएको पाइदैन । पुरातत्वले यहाँको शिवलिङ्ग धेरै पुरानो भएको उल्लेख गरेको छ । लेलेमै भेटिएको शिलापत्रलाई आधार मानेर भन्ने हो भने यहाँका सम्पदा लिच्छिवीकालीन हुन् भन्ने पत्ता लाग्छ । यहा रहेका शिलापत्र लिच्छिवी भाषामा लेखिएको हुँदा सबैले पढ्न र बुझ्न नसक्ने भने सकिने किसिमको छैन ।
लिच्छिवीकालीन धेरै प्रस्तर(ढुंगाको मूर्ति)हरु भेटिएकाले यहाँ लिच्छिवीकालका राजदरवार थियो भन्ने जनविस्वास छ । काठमाडौं उपत्यकामा बस्ती नबस्दै यहा ठूलो शहर थियो भन्ने जनश्रृति छ । पुरातत्व विभागको भनाई अनुसार यस मन्दिरपरिसरमा रहेका धेरै मूर्तिहरु तह्रौं सताव्दीतिरका मूर्ति हुन् ।
यहीे नेपालकै पहिलो गुरुकूल यही थियो भन्ने जनश्रृति छ । यहाँ रहेको पशुपति नाथको मन्दिर वि.सं.ं.५ सय ३६ सालमा बनेको शिलापत्रमा उल्लेख छ । स्कन्द पुराणको हिम्मत खण्डमा ९९ सयौं खण्डमा उल्लयेख छ । यस मन्दिर २०११ र २०३८ सालको बाढीले मन्दिर पुरेको थियो । त्यसैले अहिले मन्दिर भन्दा सरस्वती नदि ३ फिट उचाईमा छ । त्यसबाढीपछि यहाँका धेरै सम्पदा नास भएको थियो । यहाका पुरातात्विक ऐतिहासिक महत्वका मन्दिर र मूर्तिहरु बगाएको थियो । यस मन्दिरभन्दा तल नदि किनारामा जहाँत्यही मूर्तिहरु भेटिन्छन् । धेरै मूर्तिहरु मानिसले घर लगेका छन् भन्ने पनि यदाकदा चर्चा हुने गर्छ । अहिले पनि मन्दिर भन्दा तलतिर खेतमा गएर खन्ने हो भने मुर्तिहरु भेटिन्छन् ।
पुरातत्व विभागको भनाईलाई मान्ने हो यहाको बस्तीभरि नै शिव लिङ्ग नै शिव लिङ्ग भेन्छिन् । तर यहाँ कहिकतै पुरातत्व विभागले उत्खनन गरेको छैन । तर अहिले पुरातत्व विभागले हरिहर इन्द्रेश्वर महादेवको मन्दिर बनाइरहेको छ । यो मन्दिर २०३८ सालको बाढीले बगाएको थियो ।
यहाँका धेरै दस्तावेजहरु पुरातत्व विभागसँग रहेका छन् । पुरातत्व विभागकै सल्लाहमा नयाँ संरचना बनिरहेका छन् । गुठी संस्थानको लगानीमा भने यहाँ पुजारी घर निर्माण हुँदैछ ।
यहाँ रहेको पशुपतिको मन्दिरको चारै दिशामा चार वटा नन्दी छन् । जुन अरु ठाँउको मन्दिरमा राखिएको पाइदैन । २०१५ सालमा यो मन्दिरको राजा महेन्द्रले जिर्णोदार गर्न लगाएका थिए । पहिले उत्पती भएको यस चौसठ्ठी ज्योर्तिलिङ्ग भएको कारण राजपरिवारका कुनै सदस्य यहाँ आएर दर्शन नगर्ने प्रचलन रहेको जनश्रृति छ ।
वलाचर्तुदर्शी, श्रीपञ्चमी, साउने अन्तिम सोमबारका दिन जात्रा चल्ने गर्दछ । कृष्णअष्ठमी दिन यहाँबाट चल्ने रथयात्रा जयकुमारी वालकुमारीसम्म घुमाएर लेले ल्याइन्छ । यस क्षेत्रमा त्रिवेणी धाम रहेको र स्कन्द पुराणमा उल्येख भए अनुसार देवगुरु बृहस्पतीले तपीस्या गर्दा शिवजी खुशी हुने ठाँउ पत्ता लगाएर यही त्रिवेणी धाम आएको उल्येख छ । पौराणिक कालमा काभ्रे खोला र नल्लू खोलालाई सरस्वती र मनमती नदि भनिन्थ्यो ।
पुजारी दुर्गा नेपालसँग कुराकानीमा आधारित

 


प्रतिक्रिया दिनुहोस्