Logo

फुल्चोकी र दलचोकीमा हिउ प¥यो

 

ललितपुर खबर
ललितपुर
२६ माघ २०७५

शुक्रबार रातीदेखि परेको अविरल बर्षापछि राजधानीवरपरका डाँडाहरुमा सेताम्मे हुने गरि भारी हिउ परेको छ । ललितपुरको फुल्चोकी दलचोकी,तिनपाने भञ्न्याङ्ग,मैरे माझखण्ड देउराली लगायत उच्च भागमा हिउ परेको हो ।कालृेश्वर मानिखेल र छपेलीमा समेत  हिउ परेको खबर छ ।
हिउ परेर आकाश खुल्न थालेपछि काठमाडौं उपत्यकाबाट हिउ खेल्न जानेको लस्कर देखिन थालेको छ ।


शनिबार छुट्टीको दिन भएको कारण पनि हिउ खेल्नेको भीड बढेको हो ।
चम्पादेवि,चन्द्रागिरी,नगरकोट,रानीपौवा,शिवपुरी लगायत सबै अग्ला चुचुरामा हिउ परेको छ । डाँडाहरु समेत सेताम्मे देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्