Logo

नागदहमा वाल उद्यान बन्ने


ललितपुरको धापाखेलस्थित नागदहमा वाल उद्यान निर्माण हुने भएको छ । स्थानीय लगानीकर्ता राज लामाको अनुसार उद्यानको कुल २ करोड ५० लाख लगानी हुनेछ ।
उद्यानसँगै क्याफे पनि हुनेछ । नागदह भ्रमणमा आउने आन्तरिक पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको लामाले ललितपुर खबरलाई जानकारी दिए ।
उद्यानको अहिले धमाधम संरचना निर्माण भइरहेको छ । ‘वाल उद्यान खर्चिलो छ’ लामाले भने ‘तत्काल २ करोड ५० लाख लगानी गर्ने योजना भए पनि १५ करोड लगानी गर्ने योजना छ’ उनले योजना सुनाए ।

प्रतिक्रिया दिनुहोस्