Logo

ललितपुर महानगरले व्यावसायीको अनुगमन गर्ने

ललितपुर महानगरपालिकाले शहरका चारै कुनाका व्यावसाय गर्ने व्यावसायीहरुको अनुगमन गर्ने भएको छ । शुक्रबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर अनुगमन गर्ने जानकारी दिएको हो ।
महानगरभित्र कर नतिरी व्यावसाय गर्ने व्यावसायी पहिचान गरी करको दायरामा ल्याउन महानगरले अभियान थालेको हो । स्थानीय सरकार गठनपछि जनतासँग कर उठाउन अभियान संचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्