Logo

वेथानचोकको महापुराणमा दानविरहरु उत्साहित

ललितपुर खबर
काभ्रे
१९ फागुन २०७४


काभ्रेपलान्चोक वेथानचोकमा जारी श्रीमत् भावगत् महापुराणमा स्थानीय भक्तजनहरुको उत्साहजनक सहभागीता देखिएको छ । सो महापुराण अनुष्ठामा हरेक दिन हजारौ भक्तजन सहभागी हुने गरेको छन् । वेथानचोकलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्ने उद्देश्यले जारी महापुराणमा आइतबारसम्म 36 लाख रुपैया भन्दा धेरै रकम दान प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।
मन्दिर रहेको परिसिन्धुपाल्चोक निवासी रामकृष्ण प्याकुरेलले नगद रु.१लाख १ हजार दान गरेका छन् । त्यस्तै वेथानचोककै अक्कल बहादुर दमाईले रु. २५ हजार ५ सय ५५ दान दिएका छन् । सोही ठाँउका केदार प्रसाद कोइराला र राम बहादुर लोप्चनले क्रमशः १ लाख ११ हजार १ सय ११ र २७ हजार ७ सय ७७ दान दिएका छन् ।


वेथानचोकमा कथा श्रवण गर्ने हिन्दु धर्मालम्बीहरुको उल्येख्य सहभागितामा श्रीमत् भागवत कथा वाचन भइरहेको छ । वेथानचोकको ऐतिहासिक पुरातात्विक तिलेश्वर महादेव परिसरलाई धार्मिक स्थललाई आवश्यक संरचना निर्माण गरि धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्न महायज्ञ आयोजना गरिएको सहकथा वाचक मुमुक्षु उद्धव शर्माले जाकारी दिए ।

कथावाचन विधुषी सुश्रीअनुराधा शात्री र मुमुक्ष्ु उद्धव शर्माबाट भइरहेको छ ।
जनश्रृति अनुसार परापुर्व कालमा यहाँ एक कार्की थरको स्थनीयको गाई हराएको र खोज्दै जाँदा गाईको थुनजस्तै भएको ठाँउ पत्ता लागेको थियो । यहाँबाट दुधको धारा बगीरहेको देखेपछि तिलेश्वर महादेवको मन्दिर स्थापना गरेर पुजा आराधना गर्न थालिएको थियो ।
मन्दिर परिसरमा रहेको साक्षत् चट्टानमा गाईको थुन जस्तै आकृति रहेको छ भने अहिले पनि दुध झैं सेतो पदार्थ बगिरहेको देख्न सकिन्छ ।

महापुराण शुरु हुनुअघि सयौं भक्तजन सहभगितामा कलशयात्रा भएको थियो । कथावाचन फागुन २१ गतेसम्म चल्नेछ ।
१०८ श्रीमत् भागवत संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको अभियान अन्र्तगत यो ६३ औं अनुष्ठान हो ।

प्रतिक्रिया दिनुहोस्