Logo

पाटनमा एटिएम मेसिनबाट पानी बिक्रि

ललितपुर खबर
ललितपुर
२१ मंसिर २०७५


ललितपुर महानगरपालिका कार्यालय परिसरमा एटिएम मेसिनबाट पानी किन्ने मेसिन जडान गरिएको छ । खानेपानी मन्त्री विना मगरले उद्घाटन गरे पछि एटिएम पानी सर्वसाधारणहरुलाई खुला भएको हो । मेसिनबाट पैसा निकाले झै अव पानी पनि निकाले सकिने भएको छ । यो मेसिनबाट पानी निकाल्दा १ गिलासको २ रुपैया लाग्ेछ भने एक लिटरको १० रुपैयाँ ।
पानी निकाल्न २ रुपैयाँको डवल प्रयोग गर्न सकिन्छ ।
काटमाडौं उपत्यका खानेपानी व्यावस्थापन बोर्डको सक्रियतामा सुपिङ्ग इन्टरनेश्नलले यो सेवा जडान गरेको हो । यो मेसिनको नाम पँधेरो राखिएको छ । कम्पनील वोर्डसँग मिलेर राजधानीका अन्य ठाँउमा पनि यो सेवा सुरु गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्