Logo

राजनीति निकासको नयाँ मार्गचित्र

 

राजन तिमल्सिना

समकालीन विश्वमा श्रमजीवीवर्गले मानव इतिहासमा खेलेको ऐतिहासिक भूमिकाको वस्तुनिष्ट समीक्षा नगरी आजको दुनियाँलाई बुझ्न र बदल्न सकिदैन । समग्र मानव विकास, उत्पादन प्रकृया, सामाजिक, आर्थिक, सास्कृतिक र भौतिक विकासमा श्रमजीवी जनताको निर्णायक भूमिका रहेको छ ।

मानव समाजको उत्पति र बिकास, वर्गसंघर्ष, उत्पादनको लागि संघर्ष र वैज्ञानिक अविष्कार तथा प्रयोगकोबीचबाट भएको छ । हामी युगान्तकारी परिवर्तनको अग्रगामी सोच बोकेर आम श्रमजीवी जनताको हक, अधिकार, स्वतन्त्रता र मुक्तिमार्ग कोर्न लम्कि रहेकाछौ ।

नेपाली राजनीतिक इतिहासमा बर्तमान राजनीतिक प्रणाली जनताको नजरमा सबभन्दा बढि नकाम सावित भएको छ । देश सरकारले होइन माफिया, तस्कर, भ्रष्ट, दलाल र विचौलीयाहरुले सञ्चालन गरिरहेको छन । पुरानो राज्य प्रणालीका समग्र अबयभहरु औचित्यहिन सावित भैसकेको छ।

राज्य प्रणालीको पूरानो संरचनाले परिवर्तित समय र जनताको नयाँ चेतनाको प्रतिनिधित्व गर्न असफल भैसकेको छ । संसदीय दलाल राजनीतिक पार्टी र तिनको नेतृत्व राज्य संचालनलाई जनसेवा र सुशासन होइन कमाउ धन्दामा केन्द्रित गरिरहेका छन । संसदवादी राजनीतिक पार्टीभित्र राजनीतिक संस्कार र राजनीति प्रणालीको बिकास हुन सकेको छैन ।

त्यस्ता राजनीतिक पार्टीभित्र भ्रष्ट, तस्कर, सूदखोर, माफिया, बिचौलीय राष्ट्रघातीहरुको बाहुल्यताले सिंगै राजनीतिक प्रणालीलाई प्रर्दुशित र दुर्गन्धित पारेको छ । भिन्न नाम र रुपका पार्टीहरु सतहमा निस्किए तापनि नयाँ सोच र नयाँ कार्यशैली देख्न सकिदैन । नवगठित नेकपा ९नेकपा० पनि नयाँ बोतलमा पुरानै रक्सी भन्ने उखानलाई चरितार्थ गर्दै राणा र पञ्चयतलाई उछिन्दै फाँसीवादी बाटोमा हिडिरहेकोछ ।

नेपालका पुराना राजनीतिक पार्टीहरु संसदीय ब्यवस्थाको मन्त्र जपेर सत्तामा जाने र भत्ता पचाउने भन्दा राज्य र जनताको पक्षमा कुनै काम गर्न सकेका छैनन् । मौजुदा राजनीतिक प्रणालीको बिकल्पमा नेपाली मौलिक राजनीनिक प्रणालीको जगमा नेपाली मार्क्सवादको बिकास बिना नेपालमा आमूल परिवर्तन असम्भव छ ।

बर्तमान नेपाली सत्ता संकटको चरणमै छ एउटै पार्टीभित्रको सत्तास्वार्थ एकआपसमा टकराउदै गएको छ । सत्ताधारी पार्टीभित्र गैरराजनिक काम गर्ने अदूर्दशी र भ्रष्ट नेतृत्वको बाहुल्यताले तीनै तहको सरकार भ्रष्टाचारको चङ्गुलमा फसेको छ। भ्रष्टाचारले विश्व रेकर्ड तोड्दै केन्द्रदेखि स्थानीय तहसम्म संस्थागत भएको छ ।

वर्तमान सरकार आफ्नो अपराध ढाकछोप गरी जनताको ध्यान अन्यत्र मोड्न दिनदिनै नयाँ नयाँ नाटक मञ्चन गर्नमा ब्यस्त छ । कहिले सामाजिक सुरक्षा त कहिले रोजगारीका नैटंकी मञ्चन भैरहेको छ । एकातिर राष्ट्र विखण्डन गर्ने उदेश्यले प्रेरित सिके राउत जस्ता अपराधीलाई आम माफी दिई राष्ट्रिय अखण्डता विरोधी गतिविधिमा राज्य स्वयं संरक्षक बनिरहेको छ भने अर्कोतिर राजनीति आन्दोलनबाट उदाएको नेकपा ुविप्लवु का राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाउदैछ । चुनावी खरिदबिक्रीमा रमाउने जनता ओली सरकार तमासा हेरिरहेका छन । चटकेले चटक देखाए जस्तै सरकारले दिनदिनै नयाँ नयाँ चटक प्रदर्शन गरिरेकोछ ।

नेपालका राजनीतिक पार्टीदेखि न्याय, प्रशासन, सुरक्षा कार्मचारीतन्त्रको केन्द्रदेखि इकाइसम्म भष्ट्रचारको दलदलमा फसेको छ । राज्यको जनसरोकार राख्ने कुनै पनि निकाय भ्रष्टाचारबाट अछुतो छैन । जनताहरुले सिधै वा बिचौलीया मार्फत घुस नदिइ कुनैपनि काम हुने गरेको छैन।

प्रतिक्रिया दिनुहोस्