Logo

विप्लव पार्टीमाथि निगरानी

छम्पीमा सर्वसाधारणसँग चेकजाँज गर्दै प्रैहरी

लपु संवाददाता
३ चैत्र ०७५,ललितपु्र । सरकारले नेकपा माओवादीको गतिविधिमाथि प्रतिवन्ध लगाएलगत्तै प्रहरीले सुरक्षा सर्तकता ह्वात्तै बढाएको छ । मध्यललितपुरको चापागाँउ,छम्पी,लेले टिकाभैरवलगायत ठाँउहरुमा चेक जाँच बढाउदै लगिएको छ ।
प्रहरी अधिकारीहरुको शुश्म विश्लेषणमा माओवादीको पछिल्लो गतिविधिले सुरक्षा चुनौती बढाएको भन्ने छ । एक सुरक्षाअधिकारी नाम नलेख्ने शर्तमा भन्छन्,सरकारी प्रतिवन्धको प्रतिउत्तरमा विप्लव पार्टीले अप्रिय घटाउन सक्ने हुँदा सुरक्षामा अलि कडा नै बनाइएको हो ।
तर प्रहरी अधिकारीहरु भने स्थानीय स्तरमा गाँजा,रक्सी लगायत अबैध गतिविधि नियन्त्रणका लागि नियमित चेकजाँच मात्रै भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्