Logo

पत्रकार धमला पुरस्कृत


लपु संवाददाता
५ चैत्र ०७५ हेटौंडा । हरेक बर्ष पत्रकारहरुलाई पुरस्कार लिनका लागि लाइन लगाउने रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पुरस्कार पाएका छन् । उनलाई जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत ग्िरएको हो ।
स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको छ ।
लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै धमलालाई पुरस्कृत गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट पत्रकार धमलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पत्रकार धमलाको चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा आर्थिक क्रान्ति किन भएन भनेर बहस सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
अध्यक्ष तिमल्सिनाले मुलुकको विकास र समृद्धिको लागि मिडियामा पत्रकार धमलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्वास दिलाए । उनले थपे,‘ऋषिजीले यो काम गर्न सक्नुहुन्छ, मलाई पूरा विश्वास छ।’

 

प्रतिक्रिया दिनुहोस्