Logo

दुई गायिका सुनिताले मितिनी लगाएपछि


लपु संवाददाता
९चैत्र०७५,काठमाडौं । गायिका सुनिता दुलाल र सुनितामी परियारले राजधानीमा मितिनी लगाएका छन् । राजधानीको बसुन्धारास्थित कबु भवनमा खुलेको डालो रेष्टुरेण्ट उद्घाटन गर्न पुगेका दुवै गायिकाहरुको नाम,विचार, स्वभाव र मन मिल्ने भन्दै मितीनी लगाइएको हो ।
मितीनी लगाउने परम्परागत चलन अनुसार दुबै गायिकाहरुको बिचमा पछ्यौराले छेकिएको थियो भने दुवैले उक आर्कालाई टिका लगाइदिएका थिए । सँगसँगै दुवैले केक काटेका थिए ।


मितीनी लगाएपछि दुवैले दक्षिणा साटासाट गरे । केक खुवाए दुवैले दुवैलाई ।
केही पुस्ताअघिसम्म प्रचलन रहेको मितिनी लगाउने चलन पछिल्लो पुस्तामा लोप हुँदै गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्