Logo

वागमती र महांकालको गाँउसभा बस्दै


लपु संवाददाता
१० चैत्र ०७५, ललितपुर । ललितपुरको महाँकाल  र वागमती गाँउपालिकाको गाँउ सभा एकै दिन बोलाइएको छ । गाँउसभा चैत्र ११ गतेलाई  बोलाइएको हो । महाँकाल गाँउपालिकाले  विहान ८ बजे वडा नं.३ स्थित आफ्नो कार्यालयको सभाहलमा गाँउ सभाको कार्यक्रम राखेको छ भने वागमती गाँउपालिकाले चौथो गाँउसभा पालिकाको केन्द्र भट्टडाँडास्थित कार्यालयको सभाहलमा विहान ११ बजेका लागि बोलाइएको छ ।
वागमती गाँउपालिकाको गाँउसभाले खर्च हुन नसकेको बजेट विभिन्न योजनामा स्थानान्तरण गने ऐजेण्डा राखेको प्रेस संयोजक दिपक घिमिरे समिर वताए । ‘सहकारी ऐन,करार कर्मचारी नियुक्ति ऐनलगायत केही ऐनहरु गाँउ सभाले पास गर्ने ऐजेण्डा रहेको रहेको छ ।’ प्रेस संयोजक दिपक घिमिरे समिरले ललितपुर खबरलाई जानकारी दिए ।

तस्विर ः वागमती गाँउपालिकाको फेसबुक

प्रतिक्रिया दिनुहोस्