Logo

बागमतीको चौथो गाँउसभा शुरु

लपु संवाददता
११ चैत्र ०७५,ललितपुर । बागमति गाउपालिकाको चौथो गाउसभा सोमबार गाँउपालिकाको कार्याालय भटटेडाडाँमा शुरु भएको छ ।  सोमबार गाउपालिका अध्यक्ष बिरबहादुर लोप्चनले गाउसभाको उद्घाटन गरेका थिए ।

सभाबाट संशोधित बजेट र  नीति तथा कार्यक्रम सर्बसहमतिबाट पास गरिएको प्रेस संयोजक दिपक घिमिरे समिरले बताए । घिमिरेका अनुसार  गाउपालिकाले आगामी कार्ययोजना पालिकाको जग्गा खरिद र भबन निर्माण , एम्बुलेन्स खरिद, पशु बिमा, महिला शशक्तिकरण, जनतासंग अध्यक्ष कृषि र पशु कार्यक्रम,युवा लक्षित, अपाङ, जनताजि दलित लक्षित कार्यक्रमलाई जोड दिईएको छ । अध्यक्ष विरबहादुर लोप्चनले गाउसभामा विभिन्न १२ वटा कार्यबिधि, नियमावली   पेश गरेका थिए ।

उक्त कार्यबिधिमाथि ५ दिनसम्म निरन्तर बिषयगत  छलफल गरेर १७ गते गाउसभामा पेश गर्ने कार्यक्रम छ । कार्यविधि  पास गरे लगत्तै  कार्यान्वयनमा लैजने गाँउपालिकाकी उपाध्यक्ष रन्जना घिमिरेले वताइन्। कार्यक्रममा उत्कष्ट कर्मचारीहरु देब प्रसाद श्रेष्ठ, काशिनाथ दाहाल र नमराज तिमल्सिनालाई जनही नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्