Logo

ठेचोमा सनराइज बैंकको शाखा खुल्ने


लपु संवाददाता
१२चैत्र ०७५,ठेचो । ललितपुरको ठेचोमा सनराइज बैंकको शाखा खुल्ने भएको छ । ठेचोस्थित धापाखेल दोवाटोसँगै सो शाखा खुल्न लागेको हो । हालसम्म ठेचोमा कुनै पनि बैकको शाखा छैन ।
राष्ट्र वैंकको नयाँ नियम अनुसार देशभरका ७७३ स्थानीय तहमा बैंकले सेवा दिनु पर्ने भएपछि सनराइज बैंकले ठेचो शाखा खोल्न लागेको हो ।
सनराइज बैंकले फर्निसिङको काम भइरहेको हुँदा अझै केही दिनमा काम सुचारु गर्न सकिने वताएको छ । आजकल बैकिङ्ग सुविधा लिन ठेचोबासीलाई सातदोवाटो वा चापागाँउ जानु पर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्