Logo

कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई


ललितपुर खबर
१३ चैत्र ०७५,काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ ललितपुरबाट पत्रकारिता गर्दै आएका नागरिक राष्ट्रिय दैनिकका सम्वाददाता शिवहरि घिमिरेलाई दिने भएको छ ।
घिमिरेसँग ८ वर्षको पत्रकारिता अनुभव छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे ललितपुरको पत्रकारितामा सक्रिय छन् । क्लबको आज बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । वन विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । पत्रकारिताको माध्यमबाट मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएबापत उनलाई सम्मान गर्न लागिएको हो ।


त्यस्तै, क्लबले ‘उमासिंह पत्रकारिता पुरस्कार’ पूर्ण राष्ट्रिय मासिककी प्रकाशक तथा प्रधान–सम्पादक सम्झना वनलाई दिने घोषणा गरेको छ ।
दुवै पुरस्कारको राशि २५–२५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्