Logo

‘सम्पदामा सरकारको लगानी भएन, राम्रो बन्यो’


चिरीबाबु महर्जन
मेयर,ललितपुर महानगरपालिका

पाटन दरवार क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचिमा सुकिृत गर्यो । यो हाम्रो मात्र सम्पदा होइन । यो विश्वकै सम्पदा हो । यसको गुणस्तरमा कुनै ह्रास आउनु हुँदैन । नेपाल सरकारको पैसा लिएर यी सम्पदाको पुर्ननिर्माण,मर्मत,रिटोफिटिङ्ग गर्न परेमा नेपाल सरकारको नियम अनुसार टेण्डर गर्नुपर्छ । ठेक्का लगाउने ठेकेदारहरुले योजना हात पार्न सबै भन्दा कम मूल्यमा ठेक्का राख्छन् । अनि त्यही मूल्यमा नाफा निकाल्छन् । यसरी काम गर्दा सम्पदाको काम गुणस्तरको हुँदैन । त्यसैले यो कुरा मिलेन । हामीले नेपाल सरकारलाई धेरै चरणमा सुझाव दिई सकेका छौं । सम्पदा पुर्ननिर्माणमा नेपाल सरकारको सार्वजनिक खरिद ऐन आर्कर्शित नगरियोस् । यसलाई अमानतमा बनाउने व्यवस्था गरियोस् ।
अहिले सरकारले हाम्रो कुरा सुन्न थालेको छ । यो कुरा हाम्रा लागि साह्रै आत्मसन्तुष्टि कुरा हो । यसको ज्वलन्त उदाहरणको रुपमा यही तलेजु मन्दिर छ । यो तलेजु मन्दिर पुर्ननिर्माणका लागि जापान सरकारले ३३ करोड मध्ये १३ करोड रुपैया दिइएको हो । यो मन्दिर बनाउन नेपाल सरकारले ठेक्का प्रथाद्वारा बनाउन टेण्डर प्रकाशित गर्यो । हामीले यसको विरोध गरयौं । यही विरोधका कारण अहिले तजेजुको मन्दिर बनाउन उपभोक्ता समितिमार्फत अघि बढाउनका लागि नेपाल सरकार सहमत भएको छ ।
यो हाम्रो लागि ठूलो उपलव्दी हो । यहाँ सम्पदा गरिएको पुर्ननिर्माणमा नेपाल सरकारको कुनै लगानी छैन । त्यसैले सबै सम्पदा राम्रो बनेको छ । सरकार सरकारको लगानी नभएको कारण राम्रो हुनु भनेको अचम्मको कुरा छ । सरकारको लगानी हुने भए टेण्डर गर्नुपर्छ । टेण्डर गरेर काम गर्दा सम्पदाको निर्माण एकदम थर्ड क्यासको निर्माण हुन्छ । यहाँको सबै सबै सम्पदा काठमाडौं उपत्यका संरक्षण ट्रष्टले राष्ट्रिय अन्तर्राष्ट्रिय लगानी जुटाएर पुर्ननिर्माण गरिएको संरचना हो । त्यसैले यो राम्रो भयो ।
ललितपुर महानगर क्षेत्रमा नेपाल सरकाले ठेक्का मार्फत पुर्ननिर्माण गरेका योजनाहरु अहिले अलपत्र छन् । बुङ्गमतीको शिखर शैलीको मच्छिन्द्रनाथको मन्दिर अहिले सम्म बन्न सकेको छैन । यो मन्दिर आठ महिनाअघि नै बनिसक्नु पर्ने थियो । आजसम्म यो मन्दिरको काम जम्मा ३५ प्रतिशत मात्रै काम सकिएको छ । त्यो पनि गुणस्तर राम्रो नभएर युनेस्कोले रोकेको छ । यसको ठेकेदार सडक बनाउने ठेकेदार हो । उ सडक बनाउन माहिर छ । तर मन्दिर बनाउने बारे केही थाहा छैन । उसलाई माअप,ताछिअप,मुसी, डुसी,आप भनेको के केही पनि थाहा छैन । यस्तो ठेकेदारबाट कस्तो काम होला ? महानगरपालिका भित्र जगतनारायण मन्दिरको काम खत्तमै भइरहेको छ । सुन्धाराको राधाकृष्ण मन्दिरको काम पनि खत्तमै भइरहेको छ । स्वठको राधाकृष्ठाको काम पनि खत्तमै भइरहेको छ । हाम्रो राष्ट्रिय शिक्षा कस्तो पायौं भने अव हाम्रो ललितपुर महानगर भित्रको सम्पदा क्षेत्र सरकारले टेण्डरमार्फत बनाउन खोज्छ हामी बनाउन नदिने । बनाउन दिनु हुन्न । अहिले हामील सक्यौ भने हामी बनाउला । नसके भोलि अर्को पुस्ताले बनाउला । अर्को बर्ष भित्र यस्तो एउटा दुईवटा सम्पदा बन्नेछन् । जुन ९० सालको भुकम्पले भत्कायो तर त्यो सम्पदा बनेन ।
यो भिमसेन मन्दिर नेपाल सरकारले बनाउने प्रयास ग¥यो । त्यो सम्भव भएन । हामीले हस्तक्षपकारी भूमिका खेल्यौ । यो मन्दिर अहिले साडे तीन चार इन्च जति उत्तरतर्फ ढल्केको छ । मुख्य मुख्य ठाँउमा हात छिर्छ । यो मन्दिर नेपाल सरकारले ठेक्कामा मार्फत निर्माण गर्यो भने कस्तो हुन्छ होला ?
यहाँका जति पनि संरचना छन्,ती सबै साडे तीन सय चार सय बर्ष पुराना छन् । यी मन्दिर बने ताका कोलम्बसले अमेरिका पत्ता लगाएको थिएन । यो संरचना बन्दा इन्जिनियर,आर्किटेक,ओभरसियर थिएनन् । तर यहाँका संरचना हेर्दा कुनै इन्जिनियरहरुले खोट लगाउने ठाँउ छैन । यस्तो राम्रो संरचनाहरु हाम्रो पुर्खाले छोडेर गएका छन् । तर भुकम्पले विग्रियो ,नासियो । अहिले हामीले फेरि बनाउन जाँदा ठेक्का प्रकृयाबाट कार्टुन बनाउन हुँदैन । यसमा हाम्रो विरोध छ । यस्तो हुनुहुदैन । यहि हुने हो भने हामीले हामीलाई हाम्रो पुर्खाहरुलेजति राम्रा संरचना हस्तान्तरण गरेर गए हामी भावी पुस्तालाई के हस्तान्तरण गर्ने ? हाम्रो के इज्जत रहन्छ ? नेपाल सरकारले जति सम्पदा टेण्डरमार्फत गरिरहेको छ कृपा गरेर त्यो नगरिदिनुस् । स्थानीयहरुलाई अमानतमा बनाउन दिन्ुस् । उपभोक्ता मार्फत बनाउन दिनुस् । जनस्तरबाट बनाउदा गुणस्तर राम्रो हुन्छ ।
महर्जनले कला तथा संस्कृती महोत्सवमा दिएको मन्तव्यको सम्पादित अंश ।

प्रतिक्रिया दिनुहोस्