Logo

सबैले बिर्सेको ललितपुरको भूगोल


मिसन शर्मा
ललितपुर भन्नासाथ तपाईको मानसपटलमा कस्तो चित्र आउला ? कोपण्डोल, पुल्चोक लगनखेल सानेपा । धेरैले गोदावरी याद गर्लान् । कसैले भैसेपाटी । मिडियाको प्रचार सुन्ने पढ्नेले खोकना र बुङ्गमतीको स्मरण गर्ला ।

के यति हो ललितपुरको भूगोल ??

यो मात्र होइन ललितपुर । आम मानिसले बुझेको ललितपुर १० प्रतिशत पनि छैन । न त यहाँको मान्छेहरु शहरियामा आधुनिक जीवनमा नै बाँचेका छन् ।
ललितपुरलाई भूगोलको हिसावले तीन भागमा बाड्न सकिन्छ
शहर,काँठ र पहाड
भूगोलले ठगिएको ललितपुर

ललितपुर एक भाग उपत्यकामा छ भने दुई भाग उपत्यका बाहिर । वागमती, कोञ्जोसोम र महाँकाल तीन गाँउपालियका छन पहाडमा । शहरमा गोदावरी,महालक्ष्मी र ललितपुर नगर छन् ।
ललितपुर शहरबासीको काँठसँग कुनै सम्बन्ध छैन । शहरिया परिवेस गाँउसँग आश्रित पनि छैन ।काँठ शहरसँग सम्बध त राख्छ तर पहाडसँग कुनै साइनो राख्ददैन । काँठका बासिन्दाको विवाहबारी शहरिया काँठकै बासिन्दासँग हुन्छ । व्यापारी कारोबार पाटनबासीसँग । काठँको भूगोलमा पनि विविधता पाइन्छ । लूभू लामाटार,टिकाथली एकातितर फर्केको छ भने गोदावरी, गोदामचौर अर्कोतिर ।
ललितपुरको सदरमुकाम एउटा कुनामा छ । जुन देशकै अत्याधुनिक शहर दरिएको छ । चक्रपथभित्रको ललितपुर विकशित छ । काँठ विकसित त छ तर पुर्वाधार फितलो छ । चक्रपथ वाहिरको सडक, खानेपानी,जस्ता न्युनतम विकाशको पुर्वाधार जीर्ण छन् । पहाडी जनजीवन कष्ठकर छ भलै विकाशमा विस्तारै अगाडि बढ्दैछ । यहाँका जनतालाई सदरमुकाम अपायक छ । ठुलादुर्लङ्गका स्थानीय शहर आउनु परे एक दिनको बस यात्रापछि मात्रै पाटन पुगिन्छ ।ललितपुरको केन्द्र चापागाँउ हो । ललितपुरको सदरमुकाम अघोषित रुपमा चापागाँउ कायम छ । पहाडका तीन गाँउपालिकाको आश्रित बजार यही हो । गोदावरीको सबै स्थानीय चापागाँउ बजारमै पुग्छन् ।
छम्पी,डुकुछाप झरुवाराशी, ठेचो,छम्पी मात्रै होइन लेलेका स्थानीयको बजार चापागाँउ नै हो । पुर्वाधार बनाउने हो भने चापागाँउ केन्द्र बनाएर चक्रपथ यहाँ संचालन गर्न सकिन्छ । स्थानीय रुटको विकाश गरेर वस चलाउन सकिन्छ ।
ललितपुरका राम्रा उद्योग छैनन् । होटल छैनन् । पर्यटकीय पुर्वाधारहरु कमजोर छन् । छन् त शहर केन्द्रित छन् । धेरै पर्यटकीय स्थलहरु ओझेल परेका छन् । यहाँ दलचोकी लाकुरी भञ्ज्याङ्गजस्ता दोश्रो नगरकोटको सुन्दर दृश्यावलोकन गर्न सकिने पर्यटकीय क्षेत्र छन् । कालेश्वर,तिलेश्वरजस्ता पवित्र धार्मिक स्थल पनि ।
संचारको विकाशमा पनि उस्तै कमजोर छ । स्थानीय संचारमाध्यम बाँच्न सक्ने हैसियत राख्दैनन् । स्थानीय संचारमाध्यमलाई संरक्षण गर्ने न त उद्योग छन् । न त बजार नै । केन्द्रको मिडियाको बोलवाला छ ।

राजनीति वातावरण पनि ललितपुरको धुमिल छ । सधैजसो केन्द्रिय नेतृत्वले खटन पटनमा मात्रै यहाँका सासंद निर्वाचनमा लड्न पाउछन् । आफ्नो जनाधार बलियो नहुँदा केन्द्रिय राजनीतिमा जिल्लामा राजनीति गर्ने सबैजसो नेता कार्यकर्ता विचाराको हैसियतमा बाँचेका छन् । आफ्ना भोटर देखाएर केन्द्रमा टिकट माग्ने ल्याकत नहुँदा जिल्लाको नेतृत्व कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्