Logo

हराएका सामान भेटियो पाटनमा

पुराना सामानसँगै उर्मिला आचार्य । तस्विरहरु ः उर्मिला आचार्य
जामा चोलो ।
अन्न भर्ने पाथी र सिलौटो ।

लपु संवाददाता
१७ चैत्र ०७५,मंगलबजार । उर्मिला आचार्य । पाटनकी स्थानीय महिला । उनको एउटा गज्जवको शौख छ । पुराना सामान खोज्ने अनि आफैसँग राख्ने ।
उनीसँग के छैन ? ढिकी जाँतो । पुरानो रेडियो क्यासेटदेखि लालटिन मैनटोल टुकी सम्म छन् । पुरानो कि प्याड मोवाइल देखि आजको स्मार्ट फोन पनि संकलन गरेकी छिन् ।
हराई सकेका माना पाथी कुरुवा उनीसँगै छ । पुरानो गोल राखेर लगाउने आइरन,परापुर्व कालमा प्रयोग गर्ने माटाका भाँडाकुडा,होम गर्ने अग्निशाला,कसौडी, सिलौटो,जुत्ता प्रयोग नहुँदा लगाउने खराउ,दुध दही राख्ने ठेकी,आरीयस्ता धेरै सामान छन् ।
पुरानो सामान संकलन गर्नु मेरो शौख हो भन्न्छिन् उर्मिला । उनलाई पुरानो कपडाहरु संकलन गर्न धेरै कठीन भयो । दोपट्टा सारी,फार्सी, गाउन खोज्न टोल टोल भौतारिनु गाह्रो थियो । धेरै मान्छेले २ नम्बरी काम गर्न लागेको आरोप पनि लगाए । विगत सम्झदै उर्मिला भन्छिन्, ‘यी सामान संकलनन गर्न १ लाखभन्दा धेरै खर्च गर्नु पर्यो ।’
पुराना सामान खोज्नु एउटा आफैमा चुनौती थियो । यस्ता सामान कहाँ छन् पत्ता लगाउनु झन् कठीन । भेटिएका सामान माग्दा दिन आनाकानी गर्ने, पैसा दिदा पनि नदिने धेरै घटना भए । किन्दा पनि बजार मूल्य भन्दा धेरै पैसा तिर्नु पर्ने । एउटा सानो कसौडीकौ नै ५ हजार तिर्नु परेको अनुभव छ,उर्मिलासँग ।
सकल ढाका कहाँ पाउने, लाखबेली कहाँ पाउने धेरै सामान अहिले कही पाउदैन । करोडौं तिर्छु भन्दा पनि यी धेरै सामान अहिले कही पाइददैन । हाम्रा बाजे बराजुले प्रयोग गर्ने सामान कस्तो थियो भोलिका पुस्तालाई जानकारी दिन
उनीसँग केही पुराननो सामान थिए । बाँकी खोज्न औधि कठीन भयो । उनले कति सामान त आफ्ना नातेदारको घरमा देखेर आफ्ना लागि दिन अनुरोध गरिन् । धुलो मैलो यी सामान घरमा राख्न लाज भएर अर्को घरमा राखेकी छिन् । उनले यी सामान खोज्ने क्रममा आफ्ना श्रीमान्ले खाते जसरी सामान खोज्न हिडेकी भनेको अहिले पनि झलझली याद आउछ ।
उनलाई संग्रालय खोल्ने इच्छा छ । तर ठाँउ छैन । स्थानीय सरकारले ठाँउ दिएर उनकै नाम राखेर संग्रालय खोलिदिए हुन्थ्यो भन्ने लाग्छ । उनी आफ्नो शेषपछि यी सामान संरक्षण गर्ने शर्तमा कुनै संस्थालाई हस्तान्तरण गर्न चाहान्छिन् । उनी कसैले करोडौं दिए पनि दिन व्यक्तिगत रुपमा यी सामान दिन तयार छैनन् ।
अझैं धेरै पुराना सामान खोज्नु छ, उनलाई । उनलाई छोराले दिएको पैसा जोगाएर सामान किन्छिन् ।
पाटन हेर्न आउने आगन्तुकका लागि यी सरसामान इतिहास सम्झाउने चिज हुन् । कसैलाई यस्ता सामान जोगाउनु छैन । ‘सबै आधुनिक जीवनशैलीमा रमाइरहेका छन् । यो काममा कसैलाई मतलव छैन ।’ उनी भन्छिन् ।

ढिकी जाँतो ।
अन्न भर्ने पाथी ।
तमाखु खाने हुक्का र चिउरा कुट्ने ओखल ।
होम गर्ने क्रममा आगो वालिने अग्नीशाला ।
जुत्ता अघि लगाइने खराउ ।
अंखोरा,कसोडी,करुवालगायत ।
काँठको आरी ।
मुङ्रो,ओखल र माटाका भाँडा ।
पुरानो रेडियो र क्यासेट ।
पुरानो आइरान र आधुनिक विद्युतीय आइरन ।
पुरानो टेलिफोन सेट र आधुनिक टेलिफोन ।
पुरानो रेडियो र क्यासेट ।

 

 

प्रतिक्रिया दिनुहोस्