Logo

वागमतीको १४ वटा विद्ययक पारित

लपु संवाददाता
१८ चैत्र ०७५,ललितपुर । वागमती गाँउपालिकाले १४ वटा विद्ययकहरु गाँउ सभाबाट पारित भएको छ । सभामा गाँउपालिकाका प्रमुख विरवहादुर लोप्चनले १४ वटा विद्ययक पेश गरेका थिए । गत चैत्र ११ गते शुरु भएको सभाले दफावार छलफलपछि शनिनबार बसेको अर्को बैठकले विद्ययक पारित गरेको वडा नं. ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले वताए । तिमल्सिनाले भने,‘विद्ययकहरु सर्व सहमतीबाट पास भएको हो ।’
पारित गरिएको विद्ययकहरुमा वागमती गाँउपालिका सहकारी विद्ययक २०७५,कृषि व्यावसाय प्रवद्र्धन विद्ययक,आर्थिक कार्यविधि,न्यायिक कार्यविधि,गाँउपालिका कार्यसम्पादन,गाँउपालिका कार्यविभाजन,करार प्रावधिक तथा श्रेणीविहीन कर्मचारी व्यावस्थापन,बैठक संचालन,स्थानीय राजपत्र,उपभोत्तः समिति व्यवस्थापन,अपाङ्ग परिचयपत्र वितरण,वार्षिक योजना छनौट,आर्थिक विनियम,प्रधानमन्त्री स्वरोजगार कार्यान्वयन छन् ।

प्रतिक्रिया दिनुहोस्