Logo

विद्यालयमा कम्प्यटुर शिक्षाको महत्व

विनोद बजगाईं

कालीदेवि माविमा सञ्चालनमा लयायएको कम्प्युटर ल्याव । तस्विर ः ठाकुर लामा

२१ औं शताब्दी विज्ञान र प्रविधिको युग हो । विश्वका धनि देशहरु विज्ञान र प्रविधिको क्षेत्रमा धेरै अघि छन् । विज्ञान र प्रविधिले नकारात्मक विकास पनि नभएको होइन, तर यसको सहि सदुपयोग गर्ने हो भने देशलाई सकारात्मक विकास गर्न कति पनि समय लाग्दैन । यही विज्ञान र प्रविधिको पर्यायपाची शब्द हो कम्प्युटर । यसको प्रयोग यति विकसित बन्दै गएको छ कि हरेक व्यक्ति, घर, संघ, सस्थामा कम्प्युटर अनिवार्य आवश्यक साधन भएको छ । चिनीया व्यापारीहरुले गणना गर्न बनाएकोे गणितिय यन्त्रको रुपमा कम्प्युटरको विकास भएको थियो । यसले विभिन्न चरण पार गरी सस्तो, विद्युत कम खपत हुने, सानो र हलुका खाले कम्प्युटर जुन चौथो पुस्ताको कम्प्युटरले सबैलाई सजिलो बनाएको पनि छ । यसले मानिसलाई अल्छी बनाएको भन्ने सवाल पनि उठेको छ । तर यस साधनले धेरै समय लाग्ने काम र धरै जनशक्ति लाग्ने कामलाई थोरै समय अनि थारै जनशक्तिले काम गर्न सक्ने भएका छन् । यति मात्र हैन यसमा हरेका कामको विश्वसनियता बढाएको छ ।
विश्वका विकसित देशहरुमा जन्मदै ल्यापटप खोलाउने र विद्यालयमा पनि विताब हैन कम्प्युटरलाई पाठ्यपुस्तकको रुपमा प्रयोग गरी पठन पाठन गर्ने चलन आएको छ । हरेक कुराको कछुवा गतिमा विकास हुदै गएको हाम्रो देशमा नेपालमा पनि विद्यालय तहबाटै कम्प्युटरका सामान्य कुरा जानुन र बुझुन भन्ने उद्देश्यले कम्प्युटर पाठ्यक्रम राखिएको छ, जुन साह्रै राम्रो र स्वागत गोग्य कुरा हो । विद्यालयस्तरमा पढाई हुने कम्प्युटर विषय राम्रासंग पढ्न सके भविष्यमा प्राविधिक क्षेमा प्रतिस्पर्धा गर्न कठिन हुदैन । ढिलै भएपनि सरकारले विद्यालय तहबाटै कम्प्युटर विषय राखी कम्प्युटरको सामान्य ज्ञान सहयोग पुगेको छ ।
हाल विद्यालय तहको कक्षा ६, ७ र ८ मा अनिवार्य कम्प्युटर शिक्षा राखिएको छ ।
विद्यालय तहको कम्प्युटर विषयमा कम्प्युटर खोल्न, बन्द गर्न, माउस चलाउन, किबोर्डबाट पाइप गर्न, सामान्य गणितिय कार्य गर्न सकिने विषयबस्तु राखेको भए धेरै राम्रो हुने थियो । तर कतिपय विषयबस्तुलाई विद्यार्थीले बोझको रुपमा मात्र लिएको महसुस गर्न सकिन्छ ।

त्यसैगरी कम्प्युटर राखेको स्कुलमा कम्प्युटर पढाउने शिक्षकको आवश्यकता पर्दछ । उसले कम्प्युटर सिक्छ तर कक्षामा गएर विद्यार्थीलाई कम्प्युटर पढाउने तरिका वारे उनविज्ञ हुन्छ ।
कतिपय ठाँउमा कम्प्युटर थोरै र विद्यार्थी धेरै भएको अबस्थामा ठाउमा विद्यार्थीलाई प्रयोगात्मक रुपमा चलाउन भने धेरै गाह्रो पर्ने रहेछ । कम्प्यूटर भन्ने विषय जतिसुकै किताबका कुरा घोटाए पनि चलाएर नदेखाएसम्म बुभ्mन धेरै गाह्रो पर्दछ । यस्तो अबस्थामा ६ महिने, १ वर्षे एड्भान्स कोर्समा सिक्ने र सिकाउने कुराहरु विद्यालय तहको पाठ्यक्रममा राएिको छ । जुन कुरा विद्यार्थीले दिमागमा राख्न सकेका हँुदैनन् ।
कम्प्यूटरले कुन कुन क्षेत्रमा के के काम गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराउनु पर्दछ । हुन सक्छ कम्प्यूटरको पिता को हुन, प्रोगामर को हुन, पुस्ताहरु, प्रकारहरु आदी बिषयमा सामान्य ज्ञान बिद्यालय कम्प्यूटर शिक्षाको ६ ७ ८ कक्षा भित्रमा सिकी सक्दछन् । यो भन्दा पनि महत्वपूर्ण कुरा कम्प्यूटरलाई कसरी आफ्नो जीवनयोपयोगी बनाउन सकिन्छ भनेर सिकाउन र सिक्न आबश्यक छ ।
बिद्यालय तहमा कम्प्यूटर शिक्षाको महत्व थाहा पाई सकेपछि एक पिरियडमा प्रत्येक विद्यार्थीले एक एक कम्प्यूटर सेटमा बसेर चलाउन पाउन भन्ने उद्देश्य राखी कम्प्यूटर कम भएको विद्यालयमा कम्प्यूटर सेट थपी विद्यालय तहमा कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ । साथै कम्प्यूटर पढाउने शिक्षकलाई पनि विशेष तालिमको खाचो परेको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान पु¥याइ प्रभावकारी रुपमा कम्प्यूटर शिक्षालाई बिकास गर्न सकिन्छ ।

बजगाई कम्प्युटर शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्