Logo

शताव्दी जीवनगाथा


सत्यमोहन जोशी
मलाई खुशी लाग्छ । दुई वर्षअघि विरामी हुँदा सरकारले उपचार गरिदियो । शताव्दी पुरषको उपादी दियो ।
पछिल्लो समयमा ललितपुर महानगरपालिकाले मोटर दिएको छ । अंगरक्षक दिएको छ । मोटर चालक पनि उसैले व्यवस्था गरिदिएको छ । मलाई मोवाइलको पनि व्यवस्था छ । तर म मोवाइल चाँही चलाउदिन ।
घरमा मोटर राख्ने ठाँउ छैन । मोटर नगरपालिकाको ग्यारेजमा राखिएको छ । कहि कतै जानु पर्छ कि भनेर फोन आइरहन्छ । आवश्यक पर्दा मोटर आउछ, जानु पर्ने ठाँउमा पु¥याएदिन्छ । यो सम्मान मेरो लागि होइन भाषा र साहित्यलाई मैले गरेको योगदानको सम्मान हो भन्ने मैले बुझेको छु । एकेडेमीमा काम गर्दा आउने वृत्ति छ, त्यसले नै मलाई पुगिरहेको छ । मलाई यो चाहियो, त्यो चाहियो भन्ने कुनै लोभ छैन । यो सबै मैले मागेको होइन । सरकारले जे दियो उही मैले शिरोपर गरेको हुँ । मैले कुनै दरखास्त हालेर पाएको होइन ।
उमेर लामो भयो । बुढेसकालले छोयो । धेरैले सार्वजनिक कार्यक्रमहरुमा बोलाउछन् । धेरैजसो भाषा साहित्यजस्ता कार्यक्रमहरुबाट निम्ता आउँछ । सधै घरमा बस्न दिक्क लाग्छ । साथी भाईहरुसँग भेटघाट हुन्छ । बोलाएको ठाँउमा जान्छु । तर राजनीतिक अरु कार्यक्रममा जान चाही रुचि छैन ।
३ छोरा १२ जना नाती छन् । ७ जना पनाती पुस्ता आइसके । सबै जसो आ–आफ्नो घर बनाएर बसेका छन् । सबैसँग मिलेर बस्न सके त राम्रो हो । तर सम्भव नहुने रहेछ । बेला बखतमा आउँछन् । बोलाउछन् मायाँ नै गर्छन् ।
आफ्नो किसिमको जीवन दर्शन छ । यो बुढ्यौली अप्रत्यक्ष रुपमा वरदान हो जस्तो लाग्छ । जीवनको उत्तराद्र्धमा आराम गर खाउ पिउ रमाउ भन्ने भगवानले दिएको अवसर हो ।


यो उमेरमा पनि कुनै दिर्घ रोग छैन । कुनै नियमित कसरत पनि गरेको छैन । हिडडुल गर्ने बानीले नै कसरतको काम गर्यो ।
यही वैशाख ३० गते १ सय बर्ष पुग्दैछु । सयौं जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाहरुले कार्यक्रम गदैछन् । ललितपुर महानगरपालिकाले वर्षै भरि कार्याक्रम गर्दैछ ।
२०१६ सालमा पुरातत्व संस्कृती विभागको म डाइरेक्टर हुँदा मोटर चढ्ने चलन थिएन । आजकल विभागीय पमुख हुँदा मोटर चढेका छन् । म साइकल चढेर कार्यालय जान्थे । राजा महेन्द्रले कु गरे पछि मेरो त्यो पद पनि खोसियो ।
९५ वर्ष उमेर हुँदा शताव्दी पुरुष राखेर पुस्तक निकालि दिए । मैले होइन म ९५ बर्ष मात्रै भए यस्तो गर्नु राम्रो भएन भने । हामीले तपाईलाई ५ वर्ष ग्रेस दियौ तपाई शताव्दि पुरुष नै हो । हामी सबैले मानेकै छौं । सबैले मान्दिने हो भने मै के भन्नु छ र ? सबैले शताव्दी पुरुष भन्न थाले । सरकारले त उपादी नै दियो ।
म आफ्नै किसिमका जीवन दर्शनमा बाँचेको मान्छे । यो भएन ? त्यो भएन ? जीन्दगीका केही पनि लागेन । भोलीको जीन्दगीमा के होला । कुनै चिन्ता भएन । जीवन यस्तै रहेछ । केही कमाएको पनि लैजान पाइने होइन ।
मैले जाहाँनिया राणा शासन भोगे । राजतन्न्त्र,अनि निरंकुश राजतन्त्र पनि देखे । प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रसम्म जीवन बाँन्न पाइयो । यस्तो जीनव शायदै संसारका मान्छेले पाउँछन् । म भाग्नमानी छु जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्