Logo

पुल्चोकमा वडाबासीको सहयोगमा स्वास्थ्य केन्द्र संचालन


लपु संवाददाता

४ वैशाख ०७५,पुलचोक । ललितपुर महानगपालिका ३ पुल्चोकमा स्वास्थ्य सेवा केन्द्र विस्तार भएको छ । सोमबार ललितपुर क्षेत्र नं.३ कि सासंद पम्फा भुसालले सेवा केन्द्रको रिवन काटेर शुभारम्भ गरिन । उद्घाटनको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई औषधि लगायत सर सामानहरु वितरण गरिएको थियो ।
वडापरिसरमा रहेको एक भवनमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको वडा सदस्य रुपेश थापाले जानकारी दिए । थापाको अनुसार सेवा केन्द्रको भौतिक सामााग्रीहरु वडाबासीको सहयोगमा खरिद गरिएको हो । सेवा केन्द्रमा वडाबासी डाक्टरहरुको भोलेन्टर सेवामार्फत संचालन गरिनेछ ।


कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता प्रकृति अनुसारका विभिन्न सरसामाान र औषधिहरु पनि वितरणा गरिएको थियो । वडामा रहेको अपाङ्ग समितीको रिफारिसमाा वडा कार्यालयको १ लाख गरेर सो सरसामान वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्