Logo

भैसेपाटीमा बन्ने मन्त्री निवासको मास्टर प्लान सार्वजनिक


लपु संवााददाता
५ वैशाख ०७६, ललितपुर । सरकारले तयार पाारेको ललितपुरको सैबुँ भैंसेपाटीस्थित मन्त्रीनिवासको ‘मास्टर प्लान’ सार्वजनिक भएको छ । भैसेपाटीमा सातैवटा संघीय मन्त्रीहरुका लागि आवास र प्रदेशको सम्पर्क कार्यालय समेत बन्नेछ । यहाँ बन्ने संरचनाका लागि लगभग १५० रोपनी जग्गा खर्च हुनेछ ।
यहाँ बन्ने अन्य भवनहरमा राष्ट्रिसभा अध्यक्ष, उपाध्यक्ष लगायतको निवास, प्रदेश सरकारको सम्पर्क कार्यालय, प्रदेश अतिथि भवन, लगयत हुनेछन् ।
प्रदेश सम्पर्क कार्यालयका बनाउन २७ रोपनी १२ आना र सेवा कार्यालयहरु बनाउन १३ रोपनी १५ आना जग्गा छुट्याइएको हो । प्रदेश मन्त्री निवास बनाउन भने ८७ रोपनी १३ आना क्षेत्रफल जग्गा रहेकोे छ । साथै प्रदेशबाट आाउने अतिथिका लागि भवन बनाउने १९ रोपनी १० आना जग्गा छुट्याइएको छ । यहाँको बनाउने योजना सहरी विकास मन्त्रात्रलयले बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्