Logo

हामी कस्तो विकाश खोज्दैछौं


मिसन शर्मा
झण्डै २ महिनाअघि चापागाँउ टाहाखेलको पूर्णलालको खानीमा बन्न लागेको रंगशालाको सुन्दर थ्रिडि तस्विर सहितको समाचार ललितपुर खबर अनलाइनमा समाचार छापियो ।
त्यसको केही दिनपछि ‘दलचोकीमा भ्यू टावर बन्ने’ शिर्षकमा अर्को समाचार आयो । सँगै डोजरले खन्दै गरेको फोटो पनि छापियो । फेरि उही अनलाइनमा ‘फरि गोदावरीमा भ्युटावर बन्ने’ शिर्षकमा अर्को समाचार पनि पढ्न पाइयो ।
केही महिनाअघिदेखि दक्षिण ललितपुरका विभिन्न ठाँउमा जापानी सहयोग नियोग जाइकाले निर्माण गरेको स्कूलका भवन उद्घाटन गर्न नेताहरुको लस्कर लाग्न थालेको छ । यो आइएनजिओले अरु पनि भवन बनाइरहेको छ । फेरि पनि नेताहरुको ताती नै लाग्ला । ती भवन हस्तान्तरण कार्यक्रममा ।
आजकल गाँउतिर महायज्ञको लहर चल्न थालेको छ । गोटिखेलमा वैर्तणी धाम बनाउन सप्ताह लगाइयो । दलचोकीमा मनकामना मन्दिर जिर्णेद्धार गर्न सप्ताह नै लगाइयो । माझखण्डमा रुद्रेश्वर बनाउन पूजा सम्पन्न भइसक्यो ।
तर विकाशको सवालमा आजको आवश्यकत्ता के हो ? स्थानीय जनतालाई कस्तोखाले विकाशको पुर्वाधार आवश्यकत्ता परिरहेको छ । जनप्रतिनिधिहरुले यो विषयमा सोधखोज गरेका छन् त आजको खास प्रश्न यो हो ।सातदोवाटो चापागाँउ धुलाम्मे छ । गोदावरी सातदोवाटो पनि उस्तै छ । ग्वार्को लूभू लामाटार सडक वरपरका बासिन्दाले सडक विस्तारपछि धुलो खान थालेको धेरै भइसक्यो । तर सढक विस्तार कहिले सकिने कुनै टंगो छैन । वर्षामा यी बाटो हिलोले हिडि नसक्नु हुन्छ । गाँउमा मात्रै होइन मंगलबजारबाट ग्वार्को जाने पनि पिच भत्केर जताततै धुलो देखिन्छ । शहरका भित्री सडक पनि उस्तै नाजुक छन् ।
यी र यस्तै उदारण हेर्दा लाग्न थालेको छ हामी कस्तो खाले विकाशमा रमाइरहेका छौं । जनता के चाहन्छन् भन्ने बुझेर जनप्रतिनिधिह्रले योजना अघि सारेका छन् त ? गम्भिर प्रश्न उठेको छ ।

चापागाँउ सातदोवाटो सडकको विस्तार हुन नसकेपछि अस्थायी कालोपत्रे गर्न साडे सात करोड बजेट प्रस्तावित भएर मन्त्रालयमा फाइल पुगेको छ । तर राजनीतिक दलको बेमेलको कारण फाइल पास भएको छैन । यहाँका स्थानीय राजनीतिक दल सडकका विषयमा फरक फरक विचार राख्न थालेका छन् । केही सासंदहरु साम्पदा मासेर सडक बनाउन हुन्न भन्न थालेका छन् भने केही सासंद अस्थायी कालोपत्रे गरे सडक विस्तार हुन सक्दैन भनेर सडक यस्तै जीर्ण राख्न लविङ्ग गरिहरेका छन् । केन्द्र सरकार टेण्डर भइसकेको ठाँउमा फेरि किन कालोपत्रे गर्ने बाटो बढाए भइहाल्यो नि भन्ने तर्क गरिरहेको छ । जनतालाई अझै बर्षैैसम्म धुलो धुवामा राख्ने खेल भइरहेको छ ।

अरु पनि खोतल्दै जाने हो भने विकाशको विकृत रुप गाँउ गाँउमा छन् । २०५४ सालपछि बन्न थालेका गाँउका धुले सडक आज पनि उस्तै छन् । गाँउलेहरुले विकाश भनेकै सडक बुझेका छन् । विचरा नबुझेर के गर्नु जीवनभर थाप्लोमा नाम्लो लगाएर झरेको कपाल अझै उस्तै छ ।
गाँउ गाँउमा अचम्मका बाटा बनेका छन् । तल्ला घरेले बारी खन्न दिए बाटो तेर्सो बन्छ, नदिए ठाडो । एउटै डाँडामा चार घुम्ती हानेर हरेकको निकासमा सडक पुगेको छ । भिरमा एउटा पहिरो गयो भने तलदेखि माथिसम्म सडक अवरुद्ध । सडक बनाउन प्राविधिकको कुनै आवश्यकत्ता पर्दैन । बाटो बनाउन डोजर चलाउनेको इच्छा इन्जिनियरिङ्गमा भर पर्छ ।
गाँउका बाटोमा ग्राइभेल गरिएको छैन । कालेपत्रे त परको कुरा । सधै सरकारी बजेट उही सडकमा पर्छ । सडक बनाउन जनप्रतिनिधिको डोजर छँदैछ । हरेक वर्षे झरिमा पहिरो झरेपछि गाँउका नेताले काम पाउछन् । स्थानीय निकायले वजेट पास गर्छन् । अनि जनप्रतिनिधिले लगानी गरेको डोजर चलाएर पैसा असुल्छन् ।
यति मात्रै होइन,गाँउमा सडक नै नचाहिने ठाँउमा पनि बाटो बनाइएको छ । पहाड फोरिएको छ । गाँउमा पहिरो आतंक छ । तर पनि केही छैन सथानीय नेतालाई पैसा कमाउनु छ । अझै बाटो बन्ने क्रम जारी छ ।
शहरभन्दा अलि बाहिर जाने हो भने तपाईको मौवाइलमा टावर देखिदैन ।

प्रतिक्रिया दिनुहोस्