Logo

ललितपुरको भट्टेडाँडामा गाडी दुर्घटना,३ को मृत्यु १ घाइते

लपु संवाददाता
१६ वैशाख ०७६, ललितपुर । भट्टेडाँडाको तिनपाने
नजिकै नयाँगाँउ भन्ने ठाँउमा गाडी दुर्घटना भएको छ । महानगरिय प्रहरी वृत्त चापागाँउका प्रहरी सहायक निरिक्षक (असई) राजेश देवकोटाका अनुसार गाडी नं. वा ५ च ५६९६ डिआई गाडी दुर्घटना भएको हो । यो गाडी यात्रु बोकेर भट्टेडाँडाबाट चापागाँउ तर्फ आइरहेको थियो । दुर्घटनापछि महोत्तरी बर्दिवासका गाडी चालक विशाल मगरको घटनास्थलमै मृत्यु भएको छ । वागमती गाँउपालिका ३ भट्टेडाँडाकी सुन्तली माया लोप्चन र सविना मोक्तानको पनि ललितपुर टिकाभैरवमा उपचारकोको क्रममा मृत्यु भएको छ ।
अर्का एक जना रमेश तामाङ भने घाइते छन् ।

तीनै जनालाई अहिले ललितपुरको लेले स्थित आनन्दवन अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्