Logo

मकैको खोस्टाले चम्केको लक्ष्मीको भाग्य


कारखानामा काम गर्दै लक्ष्मी नकर्मी । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
१४ वेशाख ०७६, महापाल ललितपुर ।
मकैको खोस्टा । यही खोस्टाबाट आकर्शक पुतली वनाउछिन्, पाटनकी लक्ष्मी नकर्मी । उनको सिस्टर क्रियशन नामको कम्पनी छ । जसको काम खोस्टाको पुतली वनाउनु हो ।
अमेरिकाको क्यालिफोर्नियाबाट निस्कने एउटा पत्रिकामा लक्ष्मीले खोस्टाबाट बनेका स्थानीय कलामा आधारित पुतली देखिन् । जुन हल्का आकृती मात्रै देखिन्थ्यो । लक्ष्मीले सोचिन्, नेपाली कला र सांस्कृतिक भेषभुषामा आधारित यस्तै कलात्मक सामान कसो बनाउन नसकिएला । लक्ष्मीले दिनरात मेहनत गरिन् । अनि राम्रा राम्रा पुतलीहरु बने ।


उनले बजार खोज्न थालिन् । त्यसैताका भ्रमण वर्ष सन् १९९८ शुरु हुँदै थियो । उनको व्यावसाय फस्टायो । पर्यटकले उनका कला मन पराए । त्यसपछि लक्ष्मीले पछाडि फर्केर हेर्नै परेन ।
खोस्टा प्रयोग गरेर लक्ष्मी विभिन्न खाले सास्कृतिक भेषभुसा लगाएका पुतली बनाउछिन् । यो पुतली नेपाल घुम्न आउने पर्यटकहरुले कोशेलीको रुपमा आफ्नो देश लैजान्छन् ।
उनले २५ वर्षअघि रहरै रहरमा शुरु गरेको यो व्यावसाय अहिले दर्जनौंलाई रोजगारी दिदन सक्ने भइसकेको छ । ‘व्यावसाय शुरु गर्दा १० हजार लगानी गरेकी थिए । त्यस जमानामा यस्तो सामान बनाउने तालिम दिने कुनै संस्था पनि थिएनन् ।’ लक्ष्मी भन्छिन् ।
लक्ष्मीले शुरुका दिनमा हस्तकला व्यावसायलाई पार्ट टाइमको रुपमा काम गरिन् । उनी त्यसताका ग्राफिक डिजाइन गर्थिन् । डिजाइनसँगै हस्तकलाका सामान बनाउने कला सिकिन् अनि विस्तारै व्यावसाय विस्तार भयो ।
उनले खोस्टाभित्र धेरै जनजातीहरुको कलात्मक भेषभुसाहरु उतारेकी छिन् । लक्ष्मीको कम्पनीमा दुलाहा दुलही, कुमारी, नेवारी, मगर, थकाली, राउटेलगायत विभिन्न जातजाती र भेषभुषमा आधारिा साँस्कृतिक पहिरन सहितका राम्रा राम्रा पुतली बन्छन् । उनको कारखानामा चकटी पेन होल्डर,किरिङ,क्याण्डल स्ट्याण्ड,पेन स्टेयाण्ड,डायनिङ टेवुल म्याट,ह्याण्ड व्याग मोवाइल व्याज र जुत्ताजस्ता सामान पनि बनाइन्छ ।


यही मकैको खोस्टाबाट लक्ष्मी नर्कमीले महिनाकै लाखभन्दा धेरै कमाइरहेकी वताउँछिन् । देशभरका २५ भन्दा धेरै होलसेलर उनको कारखानामा सामान लिन आइपुग्छन् ।
रहरै रहरले लक्ष्मी यो पेशामा लाग्न पुगिन् । साथीहरुको ठूला सपना सुन्दै हुर्केकी हुन् लक्ष्मी । तर उनलाई मकैको खोस्टामा खेल्न थालेदेखि अन्त कतै मनै गएन । उनी शुरुका दिनमा राम्रा पुतली बनाउन रातदिन खट्थिन् । राम्रा पुतली बनेपछि उनमा धेरै पुतली बेच्न रहर जाग्यो । काठमाडौं शहरमा उनले त्यो रहर पुरा गर्न धेरै पुतली बेच्न थालिन् ।
मकैको खोस्टा बोकेर ठुला सपना नदेख्न सुझाव दिने उनका साथीका कुरा सुन्दा केहिलेकाँही मन कुँडिन्छ लक्ष्मी दःुखी हुँदै भन्छिन् । तर उनीलाई लाग्छ, मैले त अमेरिकी डलर कमाइरहेकी छु । देशको व्यापार घाटा कम गर्न सघाइरहेकी छु । निम्न आय भएका पाटनका गृहणीहरुलाई रोजगारी दिएकी छु ।


श्रीमान कमाइमा शान शौकत देखाएर हिड्ने समाजमा धेरै महिलाहरु देखेकी छिन्, लक्ष्मीले । भन्छिन्, ‘तर मैले आफ्नै बलबुत्ताले कारखाना चलाइरहेकी छु ।’
एउटा महिला जोसँग पुरुषसँग भन्दा धेरै आँट छ । जाँगर छ ।
लक्ष्मी भन्छिन्, पुतली बेचेर कमाइयो । देश विदेश घुमियो पनि ।’ सरकारले उनको कामको कदर गर्दै उत्कृष्ट उद्यमीको पुरस्कार पनि दिएको छ । घरेलु महासघबाट पनि उत्कृष्ट उद्यमीको अवार्ड उनले उचाली सकिन् । देशभरका विभिन्न ठाँउमा आयोजना हुने प्रर्दशनीहरुमा लक्ष्मी आफ्ना कलात्मक सामान देखाउन लग्छिन् । धेरै ठाँउमा उनको स्टल उत्कृष्ठमा पर्न सफल हुन्छ । प्रफुल्लित हुदै लक्ष्मी सुनाउछिन्, ‘रहरै रहरले रोजेको काम गरेर आज यो ठाँउमा पुगिएला भन्ने लक्ष्मीले सपनामा पनि सोचेकी थिइन ।’


लक्ष्मीले खोस्टा जस्तो साधारण बस्तुबाट पुतली बनाएको देखेर जो कोही अचम्म मान्छन् । सबैले प्रशंशा गर्छन् । विदेशीहरु नेपाली परम्परागत जाती र भेषभुषा र संस्कृतीमा आधारित यी हस्तकला मन पराएको देख्दा उनको मन प्रफुल्ल हुन्छ । गर्वले छाती ढक्क फुल्छ ।


लक्ष्मी आगामी दिनमा धेरै दिदीबहिनीहरुलाई तालिम चलाउन चाहन्छिन् । पाटनका गृहणी र विद्यार्थीहरु यो पेशामा आकर्शित गर्न सकिने उनको विस्वास छ । तालिम लिने जो कोहीलाई तत्काल आर्कशक राजगारीको अफर गर्छिन्, लक्ष्मी । भन्छिन्, बनाएका प्रडक्ट अहिले नै विक्छन् । बनाउने मान्छेको अभाव छ । पुतली बनाउन १०÷१५ दिनको तालिम पछि नै सकिन्छ ।
लक्ष्मी भन्छिन्,‘हाम्रो सामान नेपालमा पर्यटक आउने सबैजसो ठाँउमा पुग्छ । यी खोस्टाको सामान नेपाल बाहिर अमेरिका,जापान,लण्डन पनि जान्छ ।’
लक्ष्मी अव सिङ्गै घर लिएर काम गर्ने योजना बनाउदैछिन् । उनलाई पाटनका गृहणीहरुलाई तालिम दिएर रोगजारी दिने मन छ । हतारमा अर्डर लिएर सामान बनाएर बेच्नु भन्दा हस्तकलाका सामान स्टक राखेर बेच्न चाहन्छिन् । दिनानुदिन व्यावसाय वढ्दै छ । हस्तकलाका सामान खोज्ने मान्छे उनको घरसम्मै आइपुग्छन् । इन्टरनेटबाट उनको कलात्मक बस्तु देखेर पाटनसम्मै आइपुग्ने मान्छे देख्दा लक्ष्मीलाई राम्रो काम गरेछु जस्तो लाग्दो रहेछ ।
लक्ष्मी देशका विभिन्न ठाँउ पुगेर तालिम पनि दिन्छिन् ।
तर पर्यटनमा आधारित हस्तकला उद्योग भएकोले सधै राम्रै व्यावसाय हुन्छ भन्ने नभएको लक्ष्मी वताउछिन् ।
भन्छिन्, ‘कुनै दिन पर्यटक नेपाल आएनन् भने हामीलाई धेरै गाह्रो हुन्छ ।’
भुकम्पका त्रासदीपूर्ण दिनहरु त्यस्तै थिए,लक्ष्मीका लागि ।
जव भुकम्पले सम्पदा भत्किए । नेपालमा पर्यटक आएनन् । उनको सामान पनि विकेनन् । ‘विस्तारै व्यावसाय पुरानो ठाँउमा पुग्दैछ ।’ लक्ष्मी भन्छिन् ।
आजकल उनी २५ वटा विभिन्न पार्टीलाई सामान दिन्छिन् ।
लक्ष्मी नर्कमी महापाल पाटन
केएण्डके सपिङ्ग सेण्टर अगाडि



प्रतिक्रिया दिनुहोस्