Logo

थाइल्याण्डका राजाको राज्याभिषेकको दृष्य

एजेन्सी
२२ वैशाख ०७६,थाइल्याण्ड ।थाइल्याण्डका राजा माहा वजिरालङकर्णको शनिबार राज्यभिषेक गरिएको छ । स्थानीय समय अनुसार शनिबार विहान ९ वजेबाट शुरु कार्यक्रम दिउसोसम्म चलेको थियो । कार्यक्रम स्थानीय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । बंैककको ग्राण्ड प्यालेसमा राज्याभिषेक गरिएको हो । थाइल्याण्डमा राज्योभिषेकलाई राज्य संचालनका लागि पूर्णअधिकार दिइएको रुपमा बुझिन्छ ।


बौद्ध लामाहरुबाट जल अभिषेक छर्केर शुद्ध बनाई राज्यभिषेकमा सहभागी गराइने परम्परा छ । राजा माहा वजिरालङकर्णलाई सैनिकहरुले बोकेर शहर डुलाइएको दृश्य एजेन्सीहरुबाट जारी तस्विरमा देख्न सकिन्छ ।
राज्याभिषेकमा राजा माहा वजिरालङकर्णसँगै रानी सुथिदा पनि संगै सहभागी थिइन् । राजाराजा माहा वजिरालङकर्णले आफ्नै सुरक्षामा खटिएकी युवतीसँग केही समयअघि विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्