Logo

सोमबार ललितपुरमा नगरमा विदा

लपु संवाददाता
२५ बैशाख ०७६,ललितपुर । ललितपुर महानगरपालिकाले आउँदो सोमबार वैशाख ३० गतेका दिन सार्वजनिक विदा दिने निर्णय भएकोे छ । वाङमय शताब्दीपुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन विदा दिने निर्णय गरिएको महानगरपालिकाले विज्ञप्तिमा प्रकाशति गरेर जानकारी दिएको हो । सोमबार महानगरपालिका, वडा कार्यालयहरु, महानगरभित्रका शैक्षिक संस्थालगायतका कार्यालयहरु छुट्टी हुनेछन् ।
जोशी सोमबारे ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन् ।


उनले नेपालको कला, साहित्य र संस्कृति चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । महानगरले वर्षैभरि विभिन्न कार्यक्रम गरेर जन्म शताब्दी मनाउने निर्णय गरेको छ । यसै अवसरमा सोमबार सत्यमोहन जोशीको रथारोहणसहितको ¥याली मंगलबारबाट ¥याली हुनेछ भने पुल्चोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यमा विशेष कार्यक्रम आयोजना हुदैछ ।

प्रतिक्रिया दिनुहोस्