Logo

क्योकुशिनकाई संघद्वारा शुभकामना आदानप्रदान


लपु संवाददाता
२८ वैशाख०७६ सुनाकोठी । नेपाल फेडरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई संघद्वारा ललितपुरको सुनकोठीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबारसम्पन्न कार्यक्रममा नेकपाका नेता तथा प्रदेशसभा सदस्य दिपेश महर्जन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, नेपाल जेसिजका पूर्वमहासचिव तथा कानुनविद विश्वम्भर बुढाथोकीलगायतको उपस्थिति थियो ।
प्रदेशसभा सदस्य दिपेश महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने वताए । उनले भने, ’खेलकुदले मानिसलाई अनुशाशित, मर्या्दित बनाउन सहयोग पुर्याउछ, अवका दिनहरुमा खेल क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्छ ।’
कार्यक्रममा खेलाडीहरुले आइसब्रेक गर्ने, टायल ब्रेक, पट ब्रेकिङ लगायतका जोखिमपूर्ण तथा मनोरञ्जनात्मक खेलहरुको प्रदर्शन गरेका थिए ।
कार्यक्रममा गायक टेकराज लंघाली, लाक्पा शेर्पा, लगायतका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति देखाएका थिए ।
ललितपुरको ऐतिहासिक वस्ती सुनाकोठीमा खेलकुदको विकास र विस्तार गर्ने अभिप्रायका साथ यो कार्यक्रम आयोजना भएको बज्रबाराही सो(क्युकोशिन कराते डोजोका प्रमुख जय देसारले वताए ।

प्रतिक्रिया दिनुहोस्