Logo

सुनाकोठी सडक पनि बन्द

लपु संवाददाता

१ जेठ ०७६,सुनाकोठी । चापागाँउ ठेचोका स्थानीयले सडक मर्मतको माग गर्दै ६ दिनदेखि बन्दलाई सर्मथन गर्दै सुनाकोठीबासीले बुधबार पनि सडक बन्द गरेका छन् । सुनाकोठी चौतारा र सुनाकोठी सिमाको सडकमा बार लगाएर स्थानीयले अवरोध गरेका हुन् । सडक अवरोध गर्ने क्रममा स्थानीय बासिन्दाहरु सवारी साधन रोहिरहेका छन् ।
३ वर्ष अघि सडक विस्तारको ठेक्का लगाएको सडक विभागले सरकारले स्थानीयलाई मुआव्जा नदिदा काम अघि बढाउन नसेको छैन । सडक विस्तारको ठेक्का लागिसकेको ठाँउमा अर्को ठेक्का लागाउन नमिल्ने भन्दै सडक विभाग सडक मर्मत गर्न तयार छैन । स्थानीयबासीहरु भने दिनहु धुलो र हिलोका कारण समस्यामा छन् ।

प्रतिक्रिया दिनुहोस्