Logo

प्रेममा लिन भइन् नायिका कसिस


महेश सिंह महतो
७ जेठ ०७६, सिरहा लहान । प्रेम भूमिरीमा अधारित ‘मन्द—मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ ।
चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले भनिन्,‘सुटिगको लागि कडा मेहनत गर्देछु ।’ ‘अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु ।’ ‘यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई हलसम्म तान्ने रौचक ढँगले कथा वस्तुलाई निर्देशक तथा प्राविधिकहरुले जीवन्तमा उतार्न कसिएका छन् ।
चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका छन् ।
बैशाखको तेस्रो साताबाट सुटिग शुरु भएको यस चलचित्रका मुख्य नायिका कसिस दहाल सस्पेन्स कथासँग हराइएकी छीन् । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिँगमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल छन् । टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ भने दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्