Logo

सातदोवाटोमा शंकास्पद बस्तु,बमको हल्ला


लपु संवाददाता
१३ जेठ ०७६,सातदोवाटो । सातखोवाटो टुटेपानी चोकमा रहेको दि लेप्रोसी मिसनको भवनसँगै सडकमा शंकास्पद बस्तु फेला परेको छ ।

लपु संवाददाता
१३ जेठ ०७६,सातदोवाटो । सातखोवाटो टुटेपानी चोकमा रहेको दि लेप्रोसी मिसनको भवनसँगै सडकमा शंकास्पद बस्तु फेला परेको छ । झोला भित्र कुकर र व्याट्रीहरु देखिएको सुरक्षामा खटिएका एक प्रहरीले बताएका छन् । शंकास्पद बस्तु देखिएपछि प्रहरीले पहेलो धारो बेरेर सिल गरेको थियो भने सवारी साधन नखिपोटतर्फ डाइभर्सन गरिउको थियो ।
विहान साडे साततिर झोला भेटिएपछि बम डिस्पोजल टोली सातदोवाटो टुटेपानी पुगेको छ ।
सातदोवाटोमा पनि बमको हल्ला
विहानै सातदोवाटो चोकमा बमको हल्ला आएपछि सेनाले घेरा मारेको छ । केही समयको सर्चपछि केही नभेटिएको भन्दै सेना फिर्ता गएको एक सुरक्षाकर्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्