Logo

कुुञ्जनाले भनिन्–‘रंगशालाको बार भत्काउनेलाई जुत्ताको माला लगाउनुपर्छ’


लपु संवाददाता
१६ जेठ ०७६,ललितपुर । हास्य कलाकार कुञ्जना घिमिरेले चितवनस्थित निर्माणाधिन क्रिकेट रंगशालाको बार डोजर लगाएर भत्काउने प्रकाश कँडेललाई जुत्ताको माला लगाउनु पर्ने बताएकी छिन् ।
उनले रंगशालाको बार भत्काउने कँडेललगायतलाई पक्रेर कडा भन्दा कडा सजाय गर्न माग गरेकी छिन् । उनले अगाडि भनिन्, ‘बार भत्काउनेले घुडा टेकेर माफ माग्नुपर्छ । यहाँ बार भत्काउदा भएको क्षति उनीहरुबाटै भराउनु पर्छ ।’
सुरक्षा दिएपछि मात्रै काम अगाडि बढाइने उनले बताइन् । कुञ्जनाको अनुसार कतार,मलेसिया दुवाईमा काम गर्नेहरुले खर्च कटाएर दिएको पैसाले बनेको हो ।

प्रतिक्रिया दिनुहोस्