Logo

७० रुपैयामै खाना, फ्याके जरिवाना


काठमाडौंमा महँगीले टिक्न गाह्रो छ । ७० रुपैयाँले राजधानीमा के पाइएला ? चिया नास्तामै सय रुपैया सकिन्छ । तर ललितपुरको पाटनढोकाको ललित भोजनालयमा ७० रुपैयामै खाना थपि थपि पाइन्छ । कुखुराको मासु भातकोे १२० मात्रै । खाना खेर फ्याक्दा जनरिवाना लाग्छ । १०÷२० रुपैयाँ ।
हरेक दिन यहाँ जिरा मसिनाको भात पाक्छ । तरकारी सिजन अनुसारको । अमिलो पिरो चट्ट अचार । झानेको दाल । मिठो ।
उनी दिनको ५\६ हजार जोगाउछन् । दिनदिनै २५\३० हजार व्यापार हुन्छ । महिनाको डेढ लाख कमाउछन् । सबै खर्च घटाएर महिनाको १ लाख बचाउछन्,कुमार । पाटन ढोकामा अरुको व्यापार घट्दो छ तर कुमारको होटलमा भने ग्राहक को भीड छ । उनी भन्छन्, ‘गर्न सके नेपालमै कमाइन्छ विदेश जानै पर्दैन ।’
ललितपुर गोटिखेलका कुमार तामाङ्गले विगत १० वर्षदेखि यो सस्तो होटल चलाइ छन् । कुमारको यसअघि सातदोवाटोमा किराना पसल थियो । उति साह्रो नाफा भएन । अति उनले खोले ललित भोजनालय । यहाँ विहान ९ वजे र साँझ ७ बजे खाना पाइन्छ । खाजा पाइन्न ।
महँगीमा होटल चलाउन गाह्रो छ । तर कुमारले होटल चलाउन खर्च घटाएका छन् । ‘कर्मचारी छैनन् । होटलमा परिवारका सदस्य मिलिजुलि काम गर्छन् । त्यसैले त सस्तोमा खाना खुवाउन सकिएको छ ।’ उनी भन्छन् ।
साँझ विहान होटलमा भीड हुन्छ । यहाँ दिनको ४ सय जनाले खाना खान्छन् । होटलमा कम मान्छेले खाना खाने भए घाटा नै लाग्थ्यो धेरै हुँदा उनलाई नाफा रहेको बताउछन् ।
भाडा महिनाको २८ हजार तिर्नुपर्छ । सव्जीको भाउ सिजनपिच्छे बढ्छ । तर पनि ललित भोजनालयमा सबै एउटै भाउ हुन्छ । नाकाबन्दीमा ललितभोजनालयमा दाउरा बालेर खाना बन्थ्यो । त्यस ताका पनि भाउ बढेन । उही ७० रुपैया नै थियो ।
विहान बजेबाट पाटनढोकाको ललित भोजनालयमा खाना खानेको लस्कर हुन्छ । यहाँ सस्तो मात्रै होइन खाना मिठो पनि रहेछ । सबैले सित्तैमा प्रचार गरिदिन्छन् ।

प्रतिक्रिया दिनुहोस्