Logo

पुर्वगाविस अध्यक्ष हुमागाई काँग्रेस प्रवेश

नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य पार्टी प्रवेशको क्रममा रामकृष्ण हुमागाईलाई माला लगाइदिदै । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
२४ जेठ ०७६, लगनखेल । एमालेका पूर्वनेता रामकृष्ण हुमागाई नेपाली कांग्रेसमा प्रवेश गरोका छन् । ललितपुर लगनखेलमा आयोजित राष्ट्रिय जागरण अभियानको आमसभा कार्यक्रममा लगनखेलमा आयोजित आम सभामा काँग्रेस सभापति शेर बहादुर देवाले उनलाई माला लगाएर पार्टी प्रवेश गराएका हुन् । हुमागाँईलाई ललितपुरका पार्टी सभापति मदन बहादुर अमात्यले पार्टी सदस्यता प्रदान गरेका थिए ।


नेपाली काँग्रेस सभापति सभापति शेरबहादुर देउवा
हात मिलाएर रामकृष्ण हुमागाईलाई पार्टी प्रवेश गराउदै र नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्य पार्टीको सदस्यता दिदै


पुर्वएमालेबाट २ पटकसम्म बुखेल गाविसको अध्यक्ष जितेका थिए । आम निर्वाचनका बेला टिकट नदिएपछि रुष्ट हुमागाई केही समयअघि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
यद्यपी उनले कार्यक्रममा बोल्दै मदन भण्डारीको प्रशंशा गरे । पार्टीले उचित जिम्मेवारी दिए धेरै कार्यकर्ता नेपाली काँग्रेसमा भित्राउने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्