Logo

जनतालाई छेकेर देखाइयो भोटो

ललितपुरखबर फोटोग्राफी
आइतबार ललितपुरको जावलाखेल चोकमा मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम थियो । दिउसो ४ बजे एक्कासी प्रहरीले सडकमा गाडी चल्न रोके । लगत्तै सडकमा कसैलाई जान दिइएन । प्रहरीको हाते साङ्लोमा सर्वसाधारण परे । यो क्रम गुठीयारले भोटो देखाएर राष्ट्रपति नफर्केसम्म चल्यो। अधिकांशले भोटो भोटो देख्नै पाएनन् ।


सर्वसाधारणलाई टाढा राखेर राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेललगायतले भोटो हेरेका थिए । हेरौं भोटो देखाउने क्रममा सर्वसाधारणहरुलाई छेकेको दृश्य ः

प्रतिक्रिया दिनुहोस्