Logo

एउटा नौलो दोकान ‘मट्का’

चियाका पारखीहरुका लागि खुशीको खबर । अव राजधानीमै मट्का चिया पिउन पाइने भएको छ ।
ललितपुरको पुल्चोक र झम्सिखेलमा मट्का चिया दोकान खुलेको छ ।
मट्कामा चियामा बाक्लो दुध,इलामको स्पेशल चिया र मसला मिसाइएको हुन्छ । मट्का चियाको विशेषता यो माटोको गिलासमा पस्केर दिइन्छ । माटोको भाँडाले चियामा भएको पानी सोस्छ । अनि चिया झन् स्पेशल हुन्छ । चिया खाँदा माटोको मौलिक स्वाद चाख्न पाइन्छ । यो अलि चिया मिठो पनि छ ।


पुल्चोकको महाानगरपालिकाको अगाडिको पार्क र सेन्ट मेरिज स्कूलको आडैमा २ वटा मट्का चिया दोकान खुलेको छन् । यहाँ गर्मीमा पिउने मट्का लस्सी पनि पाइन्छ । चिया र लस्सीसँगै माटाकै भाँडामा कफी,कोल्ड कफी,चिसो कफी, हट चकलेट पनि पनइन्छ । अरु थुप्रै रेष्टुरेण्टमा मेनु पनि छन् यहाँ ।
तराई वा भारतको फुटपाथदेखि ट्रेनसम्म मट्का चिया चाख्न पल्केकाहरु यो मट्का दोकनका नियमित ग्रहक हुन् । साँझपख शहरमा टहलिने जोडी पनि यहाँ पुग्छन् । नगरपालिकाको जनख्य पार्कको आडैमा रहेको मट्का चिया खाँदै पार्कमा रमाउने युवा पुस्ता आजकल मट्का धाउदैछन् ।
मट्काको पछिल्लो व्यापारको ग्राफ ह्वात्तै बढेको छ । दिनको सय भन्दा धेरै मान्छे चिया खान आउछन् । झण्डै साठी प्रतिशत ग्राहक दोहोरिन्छन् ।


एक कप चियाको ५० रुपैया पर्छ । सानो गिलासको ३० मात्रै । तुलनात्मक रुपमा मट्का चिया महँगो पर्छ । माटोको भाँडा पनि खर्चिलो छ । भाडा माझ्न आदि काममा जारको पानी प्रयोग हुन्छ ।
मट्का गिलास भक्तपुरका कुमालेहरुले बनाउछन् । स्थानीयसााधन र श्रोत र सााधन प्रयोग गरेर मट्क चियाको व्यापार भइरहेको छ । एक पल्ट चिया खाएपछि यो माटोको भाँडो काम छैन । फ्याकिन्छ । ‘हामी माझेर फेरि चिया पस्कदैनौं ।’ सञ्चालक सर्मेन्द्र श्रेष्ठ भन्छन् ।
माटाको भाँडा फ्याकेको देखेर धेरैले आफूले खाएको गिलास घर लैजान्छन् । सानो सानो फूल रोप्न गमला हुन्छ । पेन स्याण्ड बनाउन मिल्छ ।
केही बर्षअघि भारतमा सिए पढ्न बस्दा सर्मेन्द्रले ट्रेनमा मट्का चिया पिउथे । फुटपाथ अनि जहाँ त्याही मट्काकै बिगविगी थियो । समेन्द्रलाई केही फरक काम गर्ने रहर थियो । ‘नेपाल फर्केपछि मट्का दोकान खोल्ने हुटहुटी जाग्यो अनि खोले ।’ उनी भन्छन् ।
उनलाई चिया बेचेर १००÷५० बटुल्नु छैन । खासमा समेन्द्र सिए हुन् । उनीको थुप्रै पैसा कमाउने फर्म छ । पकेट मनीका लागि मृदुल प्रधानसँग मिलेर यो मट्का खोलेका हुन् । मृदुल पनि कपडाको आयात विजनेस गर्छन् ।


मट्काको व्यापार चाही बढ्दैछ । तर खासै कमाउन सकेको उनको भनाई छ । ‘५ जनालाई रोजगारी दिएका छौं । हामीले भुल्ने मौका पाएका छौं । यही ठूलो कुरा हो ।’ समेन्द्र भन्छन् ।
उनलाई माट्काको चेन खोल्ने रहर छ । शहरभरि आफ्नो मट्काको दोकानै दोकान भए हुन्थ्यो भन्ने लाग्ने रहेछ, समेन्द्रलाई । छिट्टै १÷२ ठाँउमा खोल्ने योजना सुनाउदै सरमन्द्र भन्छन्, ‘काठमाडौंमा चिया संस्कृती मौलाएको छ । यही यसैबाट फाइदा उठाउन चाहन्छौं ।’
एउटा शाखा खोल्न ७÷८ लाख खर्च लाग्छ । काठमाडौंमा खर्च धेरै छ ।


स्वीटजारल्याण्डमा बसेर एविए पढेका मृदुल प्रधान आफ्नै देशका केही गरौं भनेर नेपाल फर्किए ।
सिए पढेका सर्मेन्द्रलाई पनि रोजगारीको कुनै कमी थिएन । विदेशमा थुप्रै पैसा कमाउने कम्पनीमा उनलाई काम गर्ने अफर थियो । तर उनी नेपाल फर्के । आफ्नै देशमा केही गर्न चाहे । उनलाई आफूलाई पढाउने हुर्काउने परिवारको मायाँ लाग्यो, देशको माया लाग्यो ।

प्रतिक्रिया दिनुहोस्