Logo

सिराहाका सामुहिक बलत्कारका आरोपी पक्राउ


महेश सिंह महतो
१० असार ०७६,सिरहा । सिरहाको कर्जनहास्थित जगलमा घाँस काट्न गएकी बालिकामाथि बलात्कार भएको छ । बलत्कारको अरोपमा प्रहरीले एक जनालाई प्रहरीले सूचनाको आधारमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्यामकुमार महरा रहेका हुन । स्थानीय १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकी बेला मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए ।
बालिकालाई ब्यक्ती रिसिबीको कारण यो घटना भएको प्रहरीको अनुमान छ । पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकी आरोपीहरुको खोजी कार्य तीब्र गतिमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहरा जनाए ।

प्रतिक्रिया दिनुहोस्