Logo

‘मदन भण्डारीको हत्यारा किन पत्ता लाग्दैन ?’ (श्रव्य दृश्य)


लपु संवाददाता
१४ पुस ०७६, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको हत्यारा पत्ता लाग्न नसकेको विषयमा चिन्ता व्यक्त गरेका छन् । मदन भण्डारीको ६८ औं जन्म जयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले दासढुंगामा भएको गाडी दुर्घटनालाई दुर्घटना नभएर हत्याको योजना भएको दावी गरे । उनले भने, अमर लामाका पनि हत्या हुनुले प्रमाण नै नष्ट हुन पुगेको छ । उनी बाँची रहेको भए मदन भण्डारीको हत्याबारे केही कुरा बाहिर आउन सक्थ्यो ।


मदन भण्डारीको स्मृतीमा आयोजित सोे कार्यक्रममा मदन भण्डारीको योगदानबारे लामो चर्चा गरे पनि हत्याबारे केही पनि बोलेनन् ।
विस्तुत जानकारीका लागि भिडियो हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्