Logo

धान दिवस ललितपुरमा पनि मनाइने


लपु संवाददाता
आज असार १५ । नेपाली परम्परा अनुसार दहि चिउरा खाने दिन । आजैका दिन देशभर धान दिवस मनाइन्छ ।
यसै क्रममा ललितपुरमा पनि धान दिवश मनाइने भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर बुङ्गमतीमा धान अवलोकन कार्यक्रम राखेको छ । नेपाल भ्रमणमा रहेका जापानका सहायक मन्त्री हिदेयुकी तानाका पनि बुङ्गमती पुग्नेछन् ।
कार्यक्रम विहान ८ बजे राखिएको आयोजकले वताएका छन् ।
साथैललितपुरको टिकाभैरवमा पनि जिल्ला कृषि सहकारी सघले दिनको १२ वजे रोपाई कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्