Logo

नेकपाले गोदावरी सडक विस्तारको पहल गर्ने


लपु संवाददाता
८ साउन ०७६, ललितपुर
। गोदावरी सडक विस्तारको लागि पहल नेकपा ललितपुर गर्ने भएको छ । बुधबार ललितपुरको ठैबमा ललितपुर नेकपाका जिम्मेवार पदाधिकारी सहित बसेको बैठकमा हरिसिद्धि, ठैव र गोदावरीका जनप्रतिनिधिा साथै सासंदहरुको पनि सहभागिता रहेको थियो ।
बैठकमा ललितपुर ३ का प्रदेश सासंद राजकाजी महर्जन, ललितपुर १ का प्रतिनिधि सभा सासंद नवराज सिलवाल,नेकपा ललितपुरका अध्यक्ष कृष्ण व्यञ्जनकार,स्थानीय नेता मधुसुधन पौडेललगायत जनप्रतिनिधिहरुको सहभागिता थियो ।


सासंद नवराज सिलवालले सडक विस्तारका क्रममा पिडितहरुको घर भत्काउन परे मुआव्जा दिएर भत्काउनु पर्ने तर साना तिना वाहानामा सडक विस्तार रोक्न नहुने बिचार व्यक्त गरे । उनले भने हामी प्रतिपक्षका साथहिरुलाई विस्वासमा लिएर सबैको चित्त बुझाएर सडक विस्तार गर्न चाहन्छौं ।
सहभागी नेकपाका जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा सडक विस्तार हुन नसके बाटो विस्तारको जस अरुले नै लिने र राजनीतिक फाइदा उठाउनेतर्फ पार्टीले ध्यान दिएर अघि बढ्नु पर्नेतर्फ सजक गराएका थिए । उनीहरुले पार्टी र सरकारले जिम्मेवारी दिएर यो सडक विस्तार गर्नेतर्फ ध्यान नदिएर समय विस्तारै घर्कदै जाने र समयमा काम पूरा गर्न नसकिने तर्क गरे ।
अहिले बोजा पोखरीदेखि गोदावरीसम्म स्थानीयको संरचना नभत्काई ८÷८ मिटरको बाटो विस्तार भईरहेको छ । हात्तीवनदेखि बाँडेगाँउसम्म बाक्लो बस्ती रहेको कारण यहाँ सडक विस्तारको कामै हुन सकिरहेको अवस्था छैन । सरकारले स्थानीयबासीलाई मुआव्जा वापतको पैसा नदिएको कारण सडकको लागि जमिन खाली नहुँदा ठेकेदारले काम अघि बढाउन नसकेको छ ।

प्रतिक्रिया दिनुहोस्