Logo

वडाध्यक्षको पत्रकार सम्मेलनमा पत्रकारकै आलोचना

लपु संवाददाता
१० असार ०७६, धापाखेल । ललितपुर महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष दिनेश कार्कीको योजना सार्वजनिक कार्यक्रममा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलन पत्रकारकै आलोचना गरेका छन् । कान्तिपुर दैनिकमा लेखिएका समाचारलाई पत्रकार सम्मेलनमा उठाएर उनले पत्रकारले सकारात्मक समाचारलाई प्राथमिकता दिनु पर्ने र नकारात्मक विषय मात्रै उठाउन नहुने भन्दै पत्रकारिताका विषयबस्तुमाथि टिप्पणी गरेका थिए । वडाध्यक्षले एउटा समाचार चित्त नबुझेपछिसमग्र पत्रकारिता क्षेत्र नै वदनाम भएझै प्रस्तुत भएका थिए ।
वडाध्यक्ष कार्कीले दुई वर्ष अघि पनि पत्रकारहरुलाई सकारात्मक समाचार लेख्न आग्रह गरेको समेत स्मरण गरे ।
कार्कीले जारी गरेको प्रेस विज्ञप्तीमै कान्तिपुरको समाचारले आफ्नो चरित्र हत्या भएको विषय उल्येख गरेका थिए । कार्यक्रममा समाचारको विषयमा असन्तुष्टि राख्दै पत्रकारको आलोचना गरेपछि वडाका सहभागीहरुले पत्रकार सम्मेलनमा पत्रकारलाई नै बहिस्कार गर्नुपर्ने आवाज उठाए ।
कार्यक्रममा पत्रकार सम्मेलनको व्यानर टागिएको थियो । कार्यक्रममा वडाबासीहरुलाई पनि निम्ता गरिएको थियो भने वडाका विषयमा बोल्न पनि दिइएको थियो । सहभागीमध्ये केही स्थानीयले पत्रकारिताको विषयमा टिप्पणी गर्दै आलोचना समेत गरेका थिए ।
सहभागी एक पत्रकारहरुले बोल्ने क्रममा पत्रकार सम्मेलनमा पत्रकारलाई बोलाएर समाचार लेख्न सिकाएकोमा असन्तुष्टि व्यक्त गरे । एक पत्रकारले बोल्ने क्रममा पत्रकार सम्मेलनमै बोलाएर कुनै समाचार चित्त बुझेन भन्दैमा सबै पत्रकारलाई एउटै डालोमा हालेर आलोचना गर्न नहुने विचार व्यक्त गरे ।
कार्यक्रममा धापाखेलको घरेटी योग्न सार्वजनिक जग्गा सिजि कम्पनीलाई दिएर खोल्चाको जग्गा सार्वजनिक बनाइएको विषयमा कही कतै आवाज उठेन । कार्यक्रममा सहभागी केही युवाहरु सार्वजनिक सरोकारको विषय नै विषयान्तर भएको भन्दै कार्यक्रमबाट हिडेका थिए ।

प्रतिक्रिया दिनुहोस्