Logo

सिरहामा खाल्डोमा डुवेर बालिकाको मृत्यु

फाइल तस्विर


महेश सिंह महतो
११ श्रावण ०७६, सिराहा । सिरहाको गोलबाजरमा एक बालिकाको डुबेर ज्यान गएको छ । सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मी चोकमा डेरा लिई बस्दै आएका श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरतीकुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारले बताएको हो । गोलबजारमा रहेको मामाको घरमा साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएका त्याहाका एक स्थानीयले बताए ।
नबालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा ल्याएको र जांचपछि परिवारलाई जिम्मा लगाउने प्रहरीले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्