Logo

कर्माचार्यलाई उपचारार्थ ७ लाख हस्तान्तरण

लपु संवाददाता
१६ साउन ०७६, चापागाँउ । पेटमा ट्युमर पलाएर थलिएका ललितपुरका कांग्रेस नेता दिलिप कर्माचार्यको उपचारका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताबाट संकलित सात लाख पाँच सय रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संकलित रकम हरुतान्तरण गरेका हुन् ।
कर्माचार्यको छाती र पेटमा ट्युमर पलाएर केही समयदेखि विरामी थिए । उनी उपचारका लागि भारतको हरिद्वार जाने तयारीमा छन् ।
कर्माचार्यको उपचारका लागि सहज होस् भनेर नेपाली काँगे्रसका नेता कार्यकर्ता सहभागी रहेको एक टिम खडा गरेर उक्त रकम संकलन गरिएको थियो । रकम संकलनका लागि मीनकृष्ण महर्जन, ऋषिराम घिमिरे, जिल्ला सदस्यहरु रबिन्स शर्मा, प्रभाकर पोखरेल, पुरुषोत्तम सिल्वाल, बशिष्ठ अधिकारी, शेखर न्यौपानेलगायतको टिम सक्रिय थियो ।
रकम हस्तान्तरण कार्यक्रममा ललितपुर काँग्रेस नेताहरु मीनकृष्ण महर्जन, मीनकृष्ण महर्जन, प्रकाश नन्दन जोशी, ऋषिराम घिमिरे, रविन्स शर्मा, कर्म व्यञ्जनकार, पुरुषोत्तम सिलवाललगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्