Logo

बोन म्यारोकी रोगीे मियुङ्गको डाक्टर बन्ने चाहाना


२२ साउन ०७६,काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँचवर्षीया मियुङ्गपुन मगरलाई सहयोगको अपिल गरिएको छ । रिपोर्टर्स क्लब नेपालमाबुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । ‘मियुङ्गपुन मगर बचाऔं अभियान’ले सहयोगी मनहरुका लागि सहयोग गर्न आग्रह गरेको हो ।


उनकी आमा उषा पुन मगरले रुँदै आफ्नी छोरी जन्मेको तीन महिनादेखि नै रोगी भएको र उपचार गर्दा तीन चार वर्ष अगाडि बोनम्यारो रोगको सिकार भएको पत्ता लागेको बताइन । छोरीको तीन महिना अघिदेखि अल्का अस्पतालमा उपचार गराएको र हाल सिभिल हस्पिटल बानेश्वरमा उपचार गराईरहेको उनले बताइन् । उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्र बाँकी रहेको हुँदा छोरीको उपचारका लागि सहयोग गर्न आग्रह गरिन् ।

रोल्पा थवाङ गाउँपालिका वडा नं. ५ जीवनपुर उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समयदेखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्,म बाँचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’

प्रतिक्रिया दिनुहोस्