Logo

सिरहामा अवैध मदिरासहित स्कार्पियो पक्राउ

महेश सिंह
२६ साउन ०७६ सिराहा । सिरहा प्रहरीले भारतबाट अबैध रूपमा ल्याउदै गरेको ५० काटुन,गौरव सोफी मदिरा सहित स्कार्पियो पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपटटि गाउँपालिका १ बाटस्कर्पियोलाई चेक जाँच गर्ने क्रममा ५० काटुन अबैध गौरव सोफी मदिरा प्रहरीले पक्राउ गरेको हो । स्कारपियो सहित २५ लाख मुल्य बराबरको मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । प्रहरीले हेर्ने बितिकै स्कारपियो चालक गाडी छाडेर फरार भएको एक प्रहरीले बताए ।

पक्राउ गरेको गाडी र मदिरा सिरहा भन्सार कार्यालय खैरटोकामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी अपिल राज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्