Logo

विहीबार गोदावरीमा सार्वजनिक विदा

२९ साउन ०७६, चापागाँउ । रक्षाबन्दनको दिन गोदावरी नगरपालिकाले आफ्ना नगरभित्रका सबै कार्यालयहरुलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले विभिन्न जातजाती र समुदायले आफ्नै तरिकाले पर्व मनाउने भन्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीको हस्ताक्षर रहेको सार्वजनिक सूचना प्रकाशित गरेर विदा दिने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्