Logo

फुटपाथमा वालकृष्णको डाक्टरी कर्म

विद्युतीय ह्वील चेयरमा बसेर एक अपाङ्गता भएका व्यक्ति फुटपाथमै ब्लडप्रेसर जाँदैछन् । ब्लडप्रेसर जाँचेपछि आगन्तुकले सोधे,कस्तो छ ब्लड प्रेसर ? उनले भने, ‘आउदा धपेडी भएर पे्रसर बढेको छ । तर तपाईंको धेरै छैन, नआतिनुस् ।’ यो दृश्य हो–ललितपुरको जावलाखेलस्थित चिडिया घरअगाडि । ललितपुर इकुडोलका वालकृष्ण घिमिरे डाक्टरले झैं विरामीको व्लड पे्रसर जाँचिरहेका छन् ।
तर उनी डाक्टर होइनन् । न त स्वास्थ्यकर्मी नै । उनी भन्छन्, मेरा धेरै डाक्टर साथीहरु छन् । उनीहरुले व्लडप्रेसर जाँच्न सिकाईदिए ।
घिमिरे फुटपाथमा आगन्तुकको तौल पनि लिन्छन् । बाँसुरी र मादल बजाउछन्, अनि सारंगी पनि । ‘मैले मागेको छैन । सबैलाई सेवा दिएको छु । खुशी भएर पैसा दिन्छन् । यति नै दिनुस् भन्दिन । नदिए पनि खुशी छु ।’ वालकृष्ण भन्छन् । वालकृष्णमा साहित्यिक चेत पनि छ । उनको ‘२०७२ सालको भुकम्प’ नामक पुस्तक प्रकाशित छ ।
गाँउमा बस्दा नाङ्लो डालो,डोको,मान्द्रा बुन्थे । उनीसँग दर्जनौ तालिमका सर्टिफिकेट छन् । खाम, फाइल, चक, अगरबत्ती,मैनबत्ती, स्क्रिन प्रिन्ट गर्न जान्छन् । तर यी सर्टिफिकेट कुनै काम लागेनन् । घिमिरे भन्छन्,‘मेरो लागि रोजगारी छैन । कसैले पत्याउदैन ।’
ललितपुरको इकुडोलको पौनडाँडामा २०२२ सालमा जन्मिए घिमिरे । उनले आठ जन्मेको बर्षपछि आफूमा आपाङ्गता भएको चाल पाए । पहाडको ठाँउ । हिड्न सक्दैनथे घिस्रेर हिड्थे ।
उनलाई ६ महिना भएपछि पोलियोले छोयो । हात खुट्टा चलेनन् । स्कूल जानै पाएनन् । न त ह्वील चेयर थियो न त अपाङ्गमैत्री सडक । न समयको चेत नै ।
२५ वर्षको उमेरमा उनी काठमाडौं आए । काठमाडौं आएपछि मात्रै उनले ह्वीलचेयरमा हिड्न पाए । उनी अहिले मोटर जडित ह्वीलचेयर चढ्छन् ।
उनले सानैनेखि बाँसुरी बनाउन जाने । गाँउको बाँस काटेर आफै बाँसुरी बनाउए । सारंगी भने आफैले सिके । बजाउदा बजाउदै ।
अपाङ्गता भएको शरिर घिसारेर हिड्ने घिमिरेको जीवनमा आमुल परिवर्तन भयो । वालकृष्ण घिमिरेले राजधानी पसेपछि जागिर खाए । वेस्ट क्वालिटी फुड कम्प्नीमा विभिन्न खानेकुरा बनाए । नेपाल अपाङ्ग संघमा अगरबत्ती,खाम फाइल,अगरबत्ती बनाए ।
इकुडोलमा उनको जग्गा अझै छ । भुकम्पले घर भत्काई दियो । बनाउन सकेका छैनन् । भन्छन्, ‘पैसा छैन खानु कि घर बनाउनु’ । घिमिरे गाँउको बाटो अप्ठ्यारो हिड्न पनि सक्दैनन् । ह्वील चेयर गुड्दैन । दुखेसो पोख्छन् । भन्छन्,‘बनाउन पाए छोराछोरी बस्थे ।’
घिमिरेले २०५९ सालमा विवाह गरे । उनको दुई छोरा छन् । ठूलो छोरा ११ मा पढ्छन् । सानो कक्षा तीनमा । उनकी श्रीमती पवित्रा घिमिरे घर व्यावहार गर्छिन् । भन्छन्, पवित्रा जागिर खान चाहान्छिन् । उनले काम गरे जीवन अलि सहज हुन्थ्यो ।‘
घिमिरेलाई जीविका चलाउन कठीन छ । भन्छन्,‘इश्वरले जन्म दिएपछि खुवाउँछन् । जीवन चलेकै छ ।’

प्रतिक्रिया दिनुहोस्