Logo

पुल्चोकमा तत्काल पोखरी नबन्ने, फेरि पार्किङ्ग सञ्चालन

४ भदौं ०७६, पुल्चोक । पुल्चोकस्थित ललितपुर महानगरपालिका कार्यालयसँगै रहेको पोखरी १८ महिनापछि बनाउन सुरु गर्ने र अहिले पार्किङ्ग नै सञ्चालन गर्ने सहमति भएको छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेपछि अव फेरि पकिङ्ग नै सञ्चालन हुने भएको हो ।
सहमतिपत्रमा महानगरको तर्फबाट वडा अध्यक्षहरु श्रीगोपाल महर्जन र चन्द्रलाल महर्जनले हस्ताक्षर गरेका छन् पोखरी निर्माण गर्नुपर्ने माग राख्दै आन्दोलरत नः त्वाः मंकाखलःका अध्यक्ष कदमलाल महर्जन र सदस्य बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको र पाटन क्षेत्रमा अन्य ठाँउमा खुला ठाँउ नभएकाले यही ठाँउलाई तत्काल पाकिङ्ग सञ्चालन गर्ने सहमती पत्रमा उल्येखख छ । भ्रमण बर्ष सकिएपछि २०२१ जनवरी तेस्रो साताबाट पोखरीको निर्माण सुरु गर्ने सहमतीपत्रमा उल्येख उल्लेख छ ।


महानगरका प्रमुख चिरीबाबु महर्जनले पर्यटक भ्रमण वर्ष २०२० लाई लक्षित गरेर यस स्थानमा केही समय पार्किङ नै संचालन गर्न लागेको बताए । उनले भने, ‘पाटन दरबार क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग पुल्चोक हो, महानगरको अन्यत्र यस्तो खुल्ला ठाउँ छैन, त्यसैले त्यो समयसम्म पार्किङ नै संचालन गर्न लागेका हौं ।’ नगरप्रमुख महर्जनले महानगरले पोखरीको ठाउँमा लामो समय पार्किङ संचालन गर्ने योजना नबनाएको वताए ।
पार्किङ्ग सञ्चालन भएको स्थान २०२१ सालसम्म पोखरी थियो । त्यहाँ टिकाभैरवदेखि राजकुलोबाट पानी आउँथ्यो । वस्ती विस्तारसँगै राजकुलो मासियो । त्यो स्थान मैदानमा परिणत भएको थियो ।

सहमतिपत्र यस पलेस्वाँ पुखु (पोखरी) निर्माणका लागि आवश्यक बजेट महानगरले व्यवस्था गर्ने, पोखरीको निर्माणपछि नियम अनुसार पोखरीको हेरचाह नः त्वाः मंका खलले गर्ने उल्लेख छ । यसैगरी पार्किड संचालन गरी ठेकेदारले महानगरपालिकासँग समन्वय गरेर सम्पदाको प्रारुप कायम गर्न सानो पोखरी निर्र्माण गर्ने उल्लेख छ ।

सहमतिपत्रमा पोखरी निर्माणको लागि डीपीर तयार गर्न प्रतिनिधि मण्डलमा महानगर, न ः त्वा मंकाः खल र ज्यापु समाजको प्रतिनिधि रहने ,सहमतिपपत्रमा हस्ताक्षर भएको एक सातापछि डिपीआर कार्य प्रारम्भ गर्ने, डिपीआरको जानकारी सर्वसाधारणलाई गराउन पार्किड स्थलमा फ्लेक्स बोर्ड राख्नेछ ।
उक्त स्थानमा न ः त्वा ः सुधार समितिले साउनको १ गतेबाट ताल्चा लगाएको थियो । असार ३१ गतेसम्म न ः त्वा ः सुधार समितिले नै त्यस स्थानमा पार्र्िकङ संचालन गरेका थियो । महानगरले टेण्डर प्रक्रिया मार्फत आएको समूहलाई पार्किङ संचालनको स्वीकृति दिएपछि उक्त समितिले त्यस पार्किङ स्थलमा पोखरी नै निर्माण गर्नुपर्ने मागअघि सारेको थियो ।
महानगरले यो विवादलाई सम्वाद र सहमतिबाट नै टुंगोमा पु¥याउन वडा नं ३का वडा अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ताको मध्यस्तता ज्यापू समाजले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्