Logo

तीजअघि नै महाकाँलमा नाचगान

गाँउपालिकाले आयोजना गरेको तीज कार्यक्रममा नाच्दै सहभागीहरु । तस्विर ः माहाँकाल गाँउपालिका

लपु संवाददाता
१३ भदौं ०७६, ललितपुर । तीज आउनु अघि भड्किलो रुपमा यो पर्व मनाउने संस्कृती विकाश भएको भनेर आलोचना भइरहेको सन्दर्भमा ललितपुरको एक स्थानीय सरकारले तीजअघि नै यो पर्व मनाएको खबर प्राप्त भएको छ ।
माहाँकाल गाँउपालिकाले तीज आउनु एक दिन अघि विहीबार तीज मनाएको छ । कार्यक्रममा तीजको गीतमा स्थानीय महिलाहरु कम्मर मर्काउदै नाचेका थिए ।
गाँउपालिका अध्यक्ष रामचन्द्र दाहालले तीजको शुभकामना साटासाट गरेको जानकारी दिए ।उनले भने,‘कार्यक्रम भव्य थिएन । चिउरा तरकारी खुवाएर कार्यक्रम गरिएको हो । महिलाहरु सहभागी भएको हुने यसो नाचगान पनि भयो ।’
गाँउपालिकाका कर्मचारी माधव घिमिरेका अनुसार कार्यक्रममा ७० जना उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्