Logo

सिरहामा लागुऔषधसहित युवक प्रहरीको नियन्त्रणमा

महेश सिंह
१६ भदौ ०७६, सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३ बस्ने गौरव कुमार सिंह रहेका छन ।
ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले स.५ प ९६९२ नम्बरको मोटरसाइकलमा लुकाइ छिपाई लगदै गरेको अबस्थामा सिंहलाई चेकजाच गर्दा उनको साथबाट १९५ पिस नाईट्रो जोपाम ट्रयाबलेट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । पक्राउ परेका सिंहलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखि थप अनुसधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्